Posts

Showing posts from June, 2013

मुर्दा स्वतन्त्रता र हाम्रो मौनता

Image
यो हप्ता ईन्टरनेट वेस मिडियाका बारे दुईटा समाचार आए। पहिलो- भ्याण्टा बारेको समाचारका कारण पत्रकार पक्राउ। भ्याण्टा समाचारका कारण थुनिएका पत्रकारहरू शुशील पन्त, सन्तोष भट्टराई र पुष्कर कँडेललाई पत्रकार महासंघ जमानी बसेर प्रेस काउन्सिलले छानबिन गर्ने सर्तमा रिहा भइसकेका छन्। दोस्रो-  फेसवुक स्टाटस शेयर गरेको निहुँमा काभ्रेका भवनाथ सापकोटालाई पक्राउ । सापकोटाले कुनै एकजना व्यक्तिले लेखेको नेकपा-माओवादीकी नेतृ पम्फा भुसालको राजनैतिक र चारित्रिक हत्या गर्ने किसिमको भनिएको स्टाटस शेयर मात्र गरेका थिए। उक्त फेसवुक स्टाटस हजारभन्दा बढीले शेयर र दुई हजार बढीले लाइक गरेका थिए। तर पक्राउ परेका छन् सापकोटा मात्र। प्रहरी सापकोटालाई पक्रेर चुप बसेको छैन, अन्य सातजनाको खोजी पनि गरिरहेको छ।

भ्याण्टा समाचार

Image
नहाँसौं भन्छु हाँस उठिहाल्छ। सकेसम्म त दबाउन खोजेकै हो नि, नसकेपछि के गर्नु त मैले ! नेपालको कानून पालना गराउन लागि परेको नेपाल प्रहरी, अदालतलाई देखेर खित्का छुटिहाल्छ। अस्ति राती अनलाइन न्यूज पोर्टलहरू हेर्दा हेर्दै फ्याट्ट समाचार आयो 'भ्याण्टाको समाचार लेख्ने पत्रकार पक्राउ' भनेर। दुईदिनदेखि 'दूध'को समाचारले नेपाली छापा र विद्युतिय सञ्चार जगतमा हंगामा मच्चाइरहेका थिए। दूध समाचार अझै आइरहेका छन्,भ्याण्टा समाचार लेख्ने थुनिए। सोचेर ल्याउँदा नेपालमा 'दूध भन्दा भ्याण्टा' डरलाग्दो रै'छ :P [caption id="attachment_243" align="alignleft" width="300"] पत्रकार पक्राउ बारे उज्यालो अनलाइन र रिएल खबरमा छापिएका समाचार[/caption] हुन पनि हो, भ्याण्टा खाँदा कतिलाई एलर्जी हुन्छ, जिउ चिलचिलाउँछ। अर्कातिर डाक्टरहरू नै भन्छन्, स्वास्थ्य रहनु छ भने दिनको एक गिलास ताजा ताजा दूध पिउनु। भर्खर कुरोको चुरो पत्ता लाग्यो, भ्याण्टाका कुरा छोड दूध पिऊ दूध।

सुपारीको छहारी

Image
मरेको पुरानो ब्लगमाथि सौता हाल्ने बेला नयाँ ब्लगको नाम के राख्ने होला भनेर धेरै गम खाइयो। मलाई लेखाईमा थोरै व्यंग्य घुसाउन मन पर्ने। त्यसैले सोचेँ नाम पनि अलि त्यस्तै व्यंगात्मक होस्। मेरो दिमाग क्रियटिभ हैन भन्ने त थाहा थियो तर यति निकम्मा छ भन्ने चाहिँ पहिलोपटक थाहा भयो :) त्यसैले शुरूमा ट्वीटरमा हल्ला गरियो, 'फ्यान्टासी ओभर द ट्रुथ' को नेपाली नाम राख्ने। त्यसको सिंगो नेपाली शब्द 'स्वैरकल्पना' हुँदोरहेछ।

एउटा अन्त्य !

Image
०६७ सालको मंसिर महिना ! समय दिनको ३ बजे !! स्थान: काठमाडौं उपत्यकाको कुनै एउटा निजीसंस्था। अशोक अफिसमा कुनै किताबको सम्पादन गर्दै थियो। फोनमा आँखा पर्‍यो, ‘झरना कलिङ्...’। ‘हेलो... सुनन... उनीहरूले सबै कुरा घरमा भनिदिए। मलाई टेन्सन भो। मैले के भनम् अब?’ झरनाको रूञ्चे स्वर। ‘हँ, के के भने रे? कसले भनेछ?’ अशोकको जिज्ञासा।  ‘मलाई के था’ त ! ममीले फोन गर्नुभएको थियो। मैले गाली खाएँ। तिमी तुरून्त वानेश्वर आऊ।‘ रीस र आदेश सँगै। अफिसको काम त्यसै छोडेर अशोक वानेश्वर चोकतिर हुईँकियो।

ब्लफ कल !

Image
यो मोबाइल भन्ने जिनिशको जति फाइदा छ त्यति नै बेफाइदा। कहिलेकाहीँ दुई तीन दिनसम्म फोनको घण्टी नै बज्दैन। अनि घरीघरी फोन हेर्नुपर्छ- स्वीच अफ पो छ कि वा बिग्रियो कि भनेर। कहिले भने वाक्कै लाग्दो गरी बज्छ त्यो पनि बिनाकाममा। ब्लफ कलका त कुरै नगरौं। यहाँ मेरो मोबाइलमा आएका केही फोनहरूको चर्चा गर्ने जमर्को गरेको छु। पहिलो घटना: [caption id="attachment_211" align="alignright" width="400"] फोटो साभार: www.androidme.com [/caption] एकदिन अफिसमा काम गरिरहेको थिएँ, अलि हतार पनि थियो। फोन बज्यो, टिरिङ्ग टिरिङ्ग.... हेलो... हेलो...! काँ पर्‍यो? कानमा, मेरो जवाफ।

SLC: एकचालीस प्रतिशत उतिर्ण

Image
परिक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपूरले एसएलसी-२०६९/७० को नतिजा प्रकाशित गरेको छ। यो साल विगत सात बर्षमै सबैभन्दा कम ४१.५७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। गत चैतमा भएको परीक्षामा नियमित तर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ गरी जम्मा ५ लाख ४७ हजार एकसय ६५ विद्यार्थी सहभागी थिए । रेगुलरको लागि   REGULAR_69  क्लिक गर्नुस्। एक्जाम्टेड लागि   EXEMPTED_69  यहाँ क्लिक गर्नुस्। मार्कसिट हेर्न यो लिंक  मा क्लिक गर्नुहोस्। यसको लागि सिम्बल नंबर र जन्ममिति आवश्यक पर्छ।

पत्रकारिताका सवारी

Image
सेतोपाटी, खबरपाटी, रातोपाटी, कालोपाटी। मिनिबस, सेतो माइक्रो, निलो माइक्रो, सफा टेम्पो भनेजस्तै :D मिनीबस: सीट संख्या धेरै। ठूल्ठूला लगानीकर्ता। चलाउने ड्राइभर पनि अनुभवी। कण्डक्टर/खलासी पनि बलियो, हट्टाकट्टा, अनुभवी ;-) चक्रपथ परिक्रमा गर्ने मिनीबस के। न त यसलाई कुनै हतार छ, न त तोकेको समयमा नै पुग्नै छ ;-) कहिलेकाहीँ त एउटा स्टेशनमै ड्राइभर खलाँसी सुत्दिनसक्छन्, यात्रुको वास्तै नगरी। यसमा यात्रा गर्ने हो भने टन्न समय लिएर यात्रा गर्नु पर्छ। [caption id="attachment_167" align="alignright" width="300"] नेपालका पाटीहरू ;-)[/caption] यीनीहरूको सिधा सिद्धान्त छ- पुग्नु पर्ने ठाउँ नि थाहा छ तर हरेक स्टेशनमा रोक्ने, यात्रु बटुल्ने, खुट्टै राख्न नमिल्ने बेलासम्म कोच्ने, अनि दौडिने। यसमा चढने यात्रुले थाहै पाउँदैनन् खास भाडा कति हो, अनि यी चल्छन् कसरी? खलाँसी ढोकामा अटेसमटेस गरेर अडिएको हुन्छ तर पनि चलिरहन्छ, ढोकामा हातले ठोक्दै। बस नचढुञ्जेल ढोगौंला झैं र ढोकाबाट भित्र छिरेपछि कुटुम्ला झैं गर्ने यीनीहरूको खास बिशेषता हो :)

बाबु छोरा: संस्कारको कुरो

Image
एकपटक बिबिसीका बंगलादेश करेस्पोण्डेन्टसँग काम गर्दा उनले भनेको एउटा कुरा "As a journalist you Should be very attentive and clever to know what's happening around you either you are in duty or outside" ले मेरो दिमागमा गहिरो छाप पारेको छ। उनीसँग रिपोर्टिङ् गर्दै गर्दा एउटा घटनामा मेरो लापर्बाहीले सोचेको जस्तो काम नभएपछि आधा घण्टा लामो 'प्रवचन' सुन्नु परेको कसरी बिर्सिन सक्छु र! त्यसैले पनि बाटोमा हिँड्दा आँखाहरू वरीपरीका घटनाहरूका बारे चनाखा रहन्छन्। मेरो छेउछाउबाट हिँड्ने, गाडीमा यात्रा गर्ने यात्रुहरूलाई पढ्ने प्रयास गर्छु। Father and Son: Photo: 3.bp.blogspot.com एउटा घटना: साँझ ७ बजेको समय। सुकेधाराबाट कोठातिर आउने क्रममा मेरो अगाडि अगाडि हिँडिरहेका बाउ छोरामा मेरो आँखा पर्‍यो। यी दुई बाउ छोराको क्रियाकलापले मलाई उनीहरूतिर तान्न सफल भयो। बाबुको उमेर त्यस्तै ४०-४५ को आसपास हुँदो हो, छोरा चाहिँ अन्दाजी १० बर्षका। बाबु खुट्टा सोचेको ठाउँमा टेक्क नसक्ने गरी मातेका। छोराले हात समातेर डोहोर्‍याई रहेका।

ब्लग र म: बिछोडको पिडा

Image
आफूसँग जोडिएका वस्तुहरू अति प्रिय लाग्छन्, सायद सबैलाई। निर्जीव हुन या सजीव, यिनीहरूसँगको ‘अट्याचमेन्ट’ बडो भावनात्मक हुन्छ। मोबाइल, ल्यापटप, आईपड, ईअरफोन जस्ता ग्याजेटहरूसँग त झन् छुट्टिनै मन लाग्दैन। दुई मिनेटका लागि पनि कसैले आफ्नो ल्यापटप चलायो भने आफ्नी श्रीमती/गर्लफ्रेण्डसँग अर्कोले अँगालो हालेर गफ गरेको जस्तो लाग्छ। त्यो पनि मस्कीमस्की ! छटपटी बढ्दै जान्छ। जति लामो समय अर्कोले चलाउँदै जान्छ त्यसको दुगुणा धड्कन आफ्नो बढ्छ।