Posts

Showing posts from April, 2012

विजयकुमारलाई खुला पत्र

Image
आदरणिय दाइ विजयकुमारज्यू, नमस्कार ! पत्रकार र प्रहरी मात्र यस्ता व्यक्ति हुन सक्छन् जस्ले समाजका कुरिती विरूद्ध लडन आफ्ना बाबुसम्मलाई नंगाउनु पर्छ भन्ने सामान्य कुरा मैले पत्रकारिता पढेर जानेको हुँ। तर समयक्रमसँगै मेरा यी मान्यताहरू बारम्बार बलात्कार भएको पाएको छु, त्यो पनि संरक्षणको जिम्मा लिएर बसेकाहरूबाट। मैले यहाँ तपाईंलाई व्यक्तिगत रूपमा लान्छना लगाउन यो पत्र लेख्दै छैन तर मेरो चिन्ता प्रवृत्तिको हो। तपाईंले पत्रिकामा लेख्ने प्रेरणादायी लेखहरू, अन्तर्वार्ता लिने शैली र आफूलाई प्रस्तुत गर्ने शैलीको कायल व्यक्ति भएकोले र आफूले आदर्श व्यक्ति मानेकोले तपाईंको अनुमति बेगरै यो पत्र लेख्ने जमर्को गरेको छु। २०६९ साल बैशाख १४ गते साँझ कान्तिपुरबाट प्रसारित तपाईंको कार्यक्रम ‘दिशानिर्देश’मा तपाईंले तपाईंको मोबाइल फोनप्रति देखाउनु भएको आशक्तिले तपाईंको बारेमा केही लेख्ने प्रेरणा दियो यसका लागि तपाईंलाई धन्यवाद। [caption id="attachment_270" align="alignleft" width="300"] विजयकुमारज्यूले आफ्नो फेसबुक वालमा दिनुभएको स्पष्टिकरण[/caption] अब मूल कुरो: हामीले (तपाईंज

इतिहासको एउटा पत्तो

Image
Writing is a struggle against silence.” -  Carlos Fuentes माथिनै कार्लोस् को भनाइ राखेसि बुझ्नुहोला लेख्न कति गारो रै’छ भनेर  रूची नै इतिहासमा, त्यो पनि पत्रकारिताको ! पत्रकारिताको इतिहासको कुरा गर्दा गोरखापत्र छुटाउनै नहुने नाम छँदैछ। गोरखापत्रका हरेक पुराना अंकले एउटा इतिहास बोक्छन् भनेर कमलमणि दिक्षितले कतै लेख्नुभएको थियो, जुन कुरा गोरखापत्र हेर्दा हो जस्तै लाग्छ। कमलमणि दिक्षितले जति मिहीन रूपमा गोरखापत्र हेर्ने धैर्य म मा छैन… तर पनि गोरखापत्रका बारेमा केही सोध्नु पर्‍यो भने आजकाल अफिसमा मेरो नाम आउने गर्छ। लाजैमर्दो लाग्छ।