Posts

Showing posts from February, 2012

राजकुमारी र शहर

खै, दुश्मनी गरेर नि भुल्न नसक्ने तिमीमा के जादु छ राजकुमारी झगडा गरेकै दिन झन् धेरै याद आउँछ्यौ। तेल, ग्याँस र पानी बिनाको यो शहरमा तिम्रो यादले मलाई कति दिन बचाउला र! आज भर्खर सम्चार पढदै थें- “ पेट्रोल, डिजेल, मट्टितेल र हवाई ईन्धनमा प्रति लिटर चार रुपैयाँका दरले वृद्धि !!” मनमनै सोचें- ‘कास,… इन्धनको सट्टा तिम्रो माया बढेको सम्चार छापिए’। आश पनि लाग्न छाड्यो आजकाल त…शहर निष्ठूरी बन्दै गएको छ। राजकुमारी पनि त शहरिया नै हौ क्यारे। तिम्रै शहराँ बसेर तिम्लाई नै गाली गर्नु मलाई मन त छैन राजकुमारी, तर शहर र तिम्ले दिएका पिडा सारै निर्दयी। यो कुरूप शहराँ तिम्रै रूपले त मलाई रोकेर राखेको थ्यो। तर, अहिले लाग्दैछ- कत्रो भ्रम- सुन्दरता भित्रको कुरूपतालाई कहिल्यै बुझ्न सकिएनछ। यो शहर र तिम्रो माया एउटै लाग्छ आजकाल। एकदिन खाल्डो पुर्‍यो अर्को दिन ट्रक चल्छ छातीमाथि अनि खाल्डो जस्ताको तस्तै। त्यसमाथि हेरन, आजकाल त शहराँ कत्ति धेरै ब्वाँसाहरू..!

व्यवसायिकता भर्सेस अलपत्रकारिता

Image
आफ्नो चासो र आफ्नो शिक्षा दुवै मिल्ने भए’सि नेपाली पत्रकारिता सधैँ छनौटमा पर्छ केही लेख्नु पर्दा। पोष्टपो सम्पादक त तर खरदारको काम नि गरिन्छ पुस्तकालयमा। दिनदिनै प्रकाशित हुने नेपाली पत्रिकाहरू दर्ता गर्दा धेरै कुरा फाइदा छ, पत्रिका पढन पाइन्छ। त्यसैले त विरक्तिन्छु म। खै अरू चाहिँ के गर्छन् यति धेरै पत्रिका सित्तैमा पढ्न पाउँदा म चाहिँ रून्छु। रुन्छु किनकि पत्रकारिता नगर्दा पनि यो पेशा मेरो मनको एकदमै नजिक छ। [caption id="attachment_91" align="alignleft" width="360"] professional-journalist-image via www.mediamum.net [/caption] मैले पढेको पत्रकारिता र मैले देखेको पत्रकारितामा आकाश जमिनको फरक देखिन्छ। दैनिक पत्रिका दर्ता गर्दा मैले अनुभव गरेको नेपाली पत्रकारिता सारै टीठ लाग्दो लाग्छ।

पत्रकारिता या अलपत्रकारिता !!!

Image
कामै त्यस्तै, चासो पनि त्यही। आँफूले पढेको बिषय नि त्यही। त्यसैले नेपाली पत्रकारिता सधैँ छनौटमा पर्छ केही लेख्नु पर्दा। जागिरे पोष्ट सम्पादक भएनि खरदारको काम नि गरिन्छ पुस्तकालयमा। दिनदिनै प्रकाशित हुने नेपाली पत्रिकाहरू दर्ता गर्दा धेरै कुरा फाइदा छ, पत्रिका पढन पाइन्छ। त्यसैले त विरक्तिन्छु म। [caption id="attachment_140" align="alignleft" width="220"] जस्ताको तस्तै सार्ने काम हो पत्रकारिता !! :P via www.sterlingpr.com [/caption] मैले पढेको पत्रकारिता र मैले देखेको पत्रकारितामा आकाश जमिनको फरक देखिन्छ। दैनिक पत्रिका दर्ता गर्दा मैले अनुभव गरेको नेपाली पत्रकारिता सारै टीठ लाग्दो लाग्छ। स्वभाविक छ कुनै पनि व्यवसाय गरेपछि त्यसबाट नाफा आर्जन गर्ने कुरा, तर नेपाली मिडियामा लगानी गर्नेहरूले पटक्कै नबुझेको कुराचाहिँ के हो भने ‘सपिङ मल’ र ‘मिडिया हाउस’ फरक व्यवसाय हुन्। साना तिना साप्ताहिक पत्रिकाको कुरा नगरौं तर आफूलाई राष्ट्रिय स्तरको भनेर (तर धेरैपय साप्ताहिकले नि आफूलाई राष्ट्रिय साप्ताहिक भन्न रुचाउँछन्) दाबी गर्ने पत्रिकाहरूले राष्ट्रियको अर्थ बुझ्नु जरूर