हात्माकथा !
२०३६ सालमा जनमत संग्रहको प्रचार प्रसार भैरहेको थियो। सुधारिएको पञ्चायत कि नसुध्रेको प्रजातन्त्र भन्नेमा व्यापक तयारी थियो। पञ्चायती शासकहरु जोडबलले पञ्चायत सुधार्छौं भन्दै उफ्रिरहेका थिए। म जन्मेकै थिइनँ। उबेलाका जिल्ला सभापति थिए। बडेमानको भुँडी भएका। उनी एउटा सेतो घोडा चढ्थे, हट् घोडा हट्। ती सभापति हाम्रो घरमा आए। घोडाबाट ओर्ले र बुबालाई पञ्चायतमा भोट हाल्न भने। म जन्मेकै थिइनँ तर मसँग जन्मिने धैर्य नै थिएन। प्रजातन्त्र र स्वतन्त्रताको पक्षपाती मजस्तो मान्छेका बाउलाई पञ्चायतलाई भोट हाल्न उक्साउने? । म सिधा बुबाको जिब्रोमा आएँ र सभापतिलाई भनेँ, 'तपाइँलाई कसले अधिकार दियो पञ्चायतलाई भोट माग्न? प्रजातन्त्र हाम्रो आस्था हो, पञ्चायतलाई भोट हाल्न मेरो छाती चिरिनुपर्छ। ओखलढुंगाको मान्छेलाई पञ्चायतलाई भोट हाल्नुस् भन्ने?' सभापतिले भने, 'एकपटकलाई पञ्चायत सुध्रिने मौका दिनुस्, तातो रीस नगर्नुस्।' मैले मान्ने कुरै थिएन। 'जसले प्रजातन्त्रलाई भोट हाल्न रोक्छ, त्यसलाई अगाडि लाइनमा बसेर म भुटदिन्छु। तपाइँलाई थाहा छ, ओखलढुंगामा बच्चा जन्मिँदा समेत प्रजातन्त्र, स्वतन्त्रता भनेर र