अन्त्यहीन अन्त्य
'म कति लाचार छु भने हजुरसँगको सम्बन्धका बारेमा आफैसँग बाहेक कसैसँग बताउन सक्दिनँ।' पुतलीसडकको क्याफे। २ बजे। क्याफे खाली खाली छ। काउन्टरमा एकजना बसेर क्याल्कुलेटरमा हिसाब गरिरहेका छन्। वेटरहरु खाली टेबल पुछ्दै, कहिले रुमाल यता मिलाउँदै, कहिले उता मिलाउँदै छन्। काउन्टरको ठ्याक्क अगाडि एकजोडी प्रेमी बसेका छन्। दुवैले आफ्ना एकोटा हातले गाला टेकाएका छन् अनि अर्को हात टेबलमुनी एकअर्काको हातमा छ। [caption id="attachment_556" align="alignright" width="392"] यो फोटो इन्टरनेटबाट लिइएको हो, सायद कुनै गेमको हो। यो व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएको हैन। अनि यो कथामा यो फोटो म्याच गर्छ जस्तो पनि लाग्दैन मलाई।[/caption] 'तिमी के खान्छौ?' ध्रुवले कुरालाई मोड्न खोज्छ। 'म केही खान्नँ, हजुर खाइस्यो, म हजुरलाई हेरेर बस्छु।' संचिता जवाफ दिन्छिन्, 'कतिदिन होला र मैले यसरी नजिकबाट हजुरलाई हेर्न पाउने।' 'म त जहिल्यै पनि तिम्रै आँखा अगाडि, तिम्रो अनुहारको ठ्याक्क अगाडि हुनेछु, सँधै।' ध्रुवले विश्वासको त्यान्द्रो तेर्साउन खोज्छ, 'य