विकासे बहस र फिस्टे बुढा
चैतको अन्तिम साता पूर्वी पहाड (ओखलढुंगा) जाने संयोग पर्यो। एकजमानामा काठमाडौंबाट ओखलढुंगाको यात्रा काठमाडौं-कटारी एकदिनको बस यात्रा र दुईदिनको पैदल यात्रा पछि पुगिन्थ्यो। अहिले समय फेरिएको छ अर्थात् विकास भएको छ। काठमाडौंबाट बिहान बस चढेपछि बेलुकी ओखलढुंगा पुगिन्छ बिपी राजमार्ग हुँदै। मेरो गाउँ मलाई अहिले कर्णालीका बारेमा सुनिएका किस्साभन्दा कहिल्यै फरक लागेन। घाँस काट्न जंगल गएको मान्छे सकुशल फर्केला कि नफर्केला भन्ने चिन्ता सँधै रहने, स्कूल पढन दुईघन्टा पैदल हिँड्नु पर्ने, टुकीको उज्यालोमा पढ्दा टाउकाका कपाल वा आँखीभौं डढ्ने, नुन तेल किन्न घरबाट पाँच दिने यात्रा तय गर्नुपर्ने इत्यादि। यी अहिले किंवदन्ती भएका छन्। घरघरमा बिजुली बत्ती बल्छ, आँगनमै गाडी पुग्छ, गाडीसँगै नुन तेल पनि आँगन मै पुग्छ। गाउँगाउँमा माध्यामिक विद्यालय छन्। समग्रमा विकासले ठूलो फड्को मारेको छ। विकासले यति ठूलो फड्को मारिरहँदा त्यो गाउँमा एकजना पात्र छन्: फिस्टे बुढा। उनको असली नाम के हो भन्ने गाउँका धेरै मान्छेलाई थाहा छैन। कसैको बिहे हुँदा उनको भागमा पर्ने एउटै काम दमाहा बजाउने। उनको सम्पत्तिका नाममा एउटा घर, घर