Posts

Showing posts from May, 2012

गोरखापत्र महिमा

Image
खै सबैले भन्छन्: यो एक्काइसौं शताब्दी हो। किन भनेका हुन् था’छैन मलाई तर पनि म पनि भन्छु यो एक्काइसौं शताब्दी नै हो। मैले भने पनि नभने पनि, तपाईंले माने पनि नमाने पनि यो हो त एक्काइसौं शताब्दी नै। कसरी प्रमाणित गर्छस् भनेर तपाईं सोध्नुहुन्छ मलाई था’ छ। मलाई चाहिँ के को डर नि… आउनुस् त गोरखापत्रको इतिहास पढ्न, अनि तपाईंले नै भन्नुहुन्छ: ‘ज्या है, अन्त साँच्चि पो है’छ हऊ!’ [caption id="attachment_266" align="alignleft" width="210"] Gorkhapatra Image: Source: Madan Puraskar Pustakalaya[/caption] क्यार्नु! अरू चन्द्रमा पुगे भनेर आफू धुरी चढ्न भएन। अरू अगाडि बढ्छन्, मलाई पछाडि फर्किन मन लाग्छ। त्यसै पनि अहिले देश पृथ्वीनारायण शाहभन्दा अगाडि जान खोजिरा’को अवस्था छ अनि मैले चैं जाबो १०० बर्ष अगाडि फर्किन किन नपाउने? बेकारका कुरा। धेरै गन्थन किन गर्नु। चुरो कुरो के भने; ‘पत्रिकाको मेरुदण्ड विज्ञापन हो’ भनेर तपाईंले र मैले नमाने पनि पत्रिका चलाउनेले त्यसै भन्छन्। हुन पनि हो, टेबुलमुनीको हिसाब नगर्ने हो भने पत्रिका चल्ने विज्ञापनले नै हो। यसो फुर्सद मिल्यो कि गोरखाप

‘गोजी यन्त्र’ यात्रा

Image
बिए तेस्रो वर्षमा पढ्दै थिएँ पहिलोपटक ‘गोजी यन्त्र’ किन्दा। यो ‘मिडिल क्लास’ हुनुको फाइदा। आफूलाई मन लागेको कुरा किन्न सधैं आफ्नै योगदान रहन्छ। मलाइ थाहा छैन मेरो बुबाले मलाइ घडीसम्म किनेर दिएको। घडी, मोबाइलजस्ता कुरा माग्‍नुपर्दा जवाफ पहिलानै थाहा हुन्थ्यो- ‘आफैं कमाउने अनि मन लागेको कुरा किन्ने।’ त्यसैले सारै दिमागलाई चलाउनु परेन यस्ता सामान किनीमाग्‍न एक-दुई पटक बाहेक। इन्टरनेटसँग जानपहिचान भएको त पहिला नै हो तर यसलाई आफ्नो लागि प्रयोग गर्न भन्दा अरूकै लागि प्रयोग गरिंदै आइएको हो। ‘मिडिल क्लास’ हुनुको अर्को गजब फाइदा छ- सधैं पेण्डुलम। यता ठोक्कियो, उता ठोक्कियो अनि जहाँको तहीं घुम्यो। ब्याट्री हुञ्जेल। सकिएपछि के गर्ने? अन्योल नै रहन्छ। फेर्ने हैसियत राम भरोसा, अनि पेण्डुलम हल्लिन बन्द हुन्छ, त्यसपछि ‘जय नेपाल’। अँ जेहोस् अहिले आफ्नै लागि ब्लग लेख्‍ने सुर कसियो। शुरुवात यन्त्रबाटै गरौं भनेर ‘गोजी यन्त्र’ (मोबाइल) रोजियो। मोबाइललाई ‘गोजी यन्त्र’ भन्नुमा पनि अर्थ छ। भनिसकियो, घरबाट पढ्नको लागि पनि पर्याप्त रकम आउँदैनथ्यो, मोबाइल किन्ने त परको कुरो। क्याम्पस आउँदा र फर्किंदा गाडी भाडाब

दुई जोइका पोई भानुभक्त

Image
[caption id="attachment_464" align="alignleft" width="300"] भानुभक्त आचार्य Art by Indra Khatri [/caption] हामी अनुसन्धानमा एकदमै पछाडि छौं। किनकी हामीलाई इतिहासप्रति चासो नै छैन। हुन पनि हो किन सम्झिने इतिहास? यहाँनेर गिरिजाप्रसाद कोइरालाको एउटा भनाइ याद आउँछ: ‘मान्छेले आफ्नो इतिहास बिर्सियो भने त्यो मान्छे रहँदैन, पशु हुन्छ’। (गिरिजाप्रसाद कोइराला: आफ्नै कुरा) हुनत इतिहास सम्झिन इतिहासको अध्ययन जरूरी छ तर हामीकहाँ इतिहासै निष्पक्ष र पूर्ण रूपमा लेखिएका छैनन्। यसको कारण एउटै कारण हो: हामीसँग उपलब्ध साधन स्रोतको कमि र यसमा लाग्ने समयको लागि आवश्यक धैर्यता। जे होस्, यो कुरा यहीं छोडेर अहिलेको विषयमा प्रवेश गरौं। तल प्रस्तुत लेख २०३४ साल माघ १५ गते शनिवारको गोरखापत्रमा छापिएको शनिवासरीयबाट जस्ताको तस्तै साभार गरिएको हो। यसमा ह्रस्व र दिर्घ पनि जस्ताको तस्तै उतारिएको छ। हामी मध्ये कतिलाई थाहा होला भानुभक्तको नाम र वैवाहिक जिवनका बारेमा? नत्र यो लेख हेरौं: दुई जोइका पोई भानुभक्त “नेपालका आफ्ना बेलाका प्रसिद्ध पण्डित सुब्बा विरेन्द्र केशरीसित अनेक वर्ष अघि काश