Posts

Showing posts from February, 2014

मेरो यो प्रेमपत्र... !

Image
भ्यालेन्टाइन सप्ताहको 'किस डे'का दिन मेरो इन्बक्समा एउटा कथा आइपुग्यो। 'लभ लेटर' शीर्षकमा आएको ईमेल, त्यो पनि भ्यालेन्टाइन सप्ताहमा ! मैले हतार हतार ईमेल खोलेर हेरेँ, साँच्चै प्रेम पत्र नै थियो। यस्तो :- मायाको पहिलो सौगात स्वरुप हृदयको मेरो सानो अनुरोध कोरेर तिमीलाई मायाको, मेरो यो प्रे [caption id="attachment_390" align="alignright" width="300"] तस्बिर साभार [/caption] मपत्र............................. जीवनमा पहिलो प्रेमपत्र तिम्रो मात्र तिम्रो नाममा कोर्दैछु तिम्रो न्यानो स्नेह र साथको आशमा। सायद तिम्रो मायामा म नजानिँदै फस्दैछु र मलाई साहरा दिइ बचाउने पनि मात्र तिमी छौ यो संसारमा। के मेरो समीपमा आएर मेरो माया स्वीकार्छौ तिमी? भन्छन्, माया बस्न मात्र एक नजर नै काफी छ । तर म त्यसको प्रतिकार गर्थें, वाहियात ठान्थें । सोच्थेँ, यो त सब भन्ने कुरा न हो । अनि विश्वास गर्थेँ, यथार्थमा। अरूले गर्ने मयालु भावनाका कुरामा कहिल्यै विश्वासै लाग्दैनथ्यो। तर अहिले ! म गलत भइरहेछु। तिम्रा ती निश्चल र निर्मल नयनका सामु म झुकेँ वा झुकाइएँ । तिम्रो एकै न

प्रणयदिवस घोषणापत्र

Image
'फेब्रेवरी' महिना प्रेमको महिना हो रे ! माया गर्ने फुर्सद नहुनेहरूले जे भने नि भयो। नत्र मान्छे थोडी कुकुर हो र, माया गर्न महिना कुर्नू ! कुकुरको पो कहिल्यै काम नि हुँदैन फुर्सद नि हुँदैन र कार्तिक महिनामा फुर्सद मिलाएर 'प्रणय दिवस' मनाउँछन्। मान्छेको सँधै काम, सँधै फुर्सद। त्यसैले सँधै प्रणय दिवस। माया प्रेमलाई महिना वा दिनमा बाँध्नु जीवन जिउन नजान्नु हो। कल्पना गर्नुस् त, शेक्सपियर ले 'ब्ल्याक लेडी'लाई प्रेम गर्न फेब्रेवरी महिना पर्खेको भए अंग्रेजी साहित्यले १ सय ३७ वटा 'सनेट' पाउँथ्यो? उनले त हरेक दिन प्रेम गरे र 'ब्ल्याक लेडी'का बारेमा 'सनेट' लेखे। फेब्रेवरी महिनामा मात्र प्रेम गर्नुपरेको भए ताजमहल नै बन्दैनथ्यो। अरू ११ महिनाको 'नप्रेम'ले एकमहिने 'प्रेम' ध्वस्त हुनेथियो ;-) आफू त त्यसै प्रेमिल मान्छे। हरेक दिन प्रेम गरिन्छ।  चेतनाका हिसाबले मानिस उत्कृष्ठ प्राणी हो भनेर पढेकै कुरो। त्यसो भए, माया गर्न किन महिना वा दिन कुर्ने? हरेक दिन यसरी माया गरौं कि भोलिपल्ट मरिँदैछ। त्यसैपनि मृत्यु अनिश्चित हुन्छ भनिन्छ। जसले जति ठ