Posts

Showing posts from October, 2012

थुक्क ! म किन पत्रकार बनिनँ !!

Image
जब जब दशैं आउँछ अनि मलाई लाग्छ- थुक्क ! पत्रकारिता पढेर पनि म किन पत्रकार भईनँ  :( ठाउँ ठाउँमा पत्रकारले पिटाई खाएको समाचारहरू आउँछन्, गाली खान्छन्, धक्कामुक्कीमा पर्छन् पत्रकारहरू। १० हजार महिना तलब ग्यारेन्टी गर्नुपर्छ भनेर आन्दोलन नि गरिरहेका छन् पत्रकार। बर्षभरी कहिल्यै पनि मेरो दिमागमा, मेरो सोचमा म पनि पत्रकार बन्नुपर्ने भन्ने कहीं कतै आउँदैन, तर जब दशैं आउँछ मेरो दिमागले फ्याट्ट सोचिहाल्छ। जब मेरो दिमागमा ‘म किन पत्रकार बनिनँ’ भन्ने सोच आउँछ तब दशैं आउँछ। बिशेष कारण छ यसका पछाडि :P दशैंका बेला यसो बाहिर घुम्न गयो, साथीभाइ भेट्यो अनि सुनिन्छ दशैं महात्य। कसैले राजेन्द्र महतोले दशैंका लागि पत्रकारलाई दिएको खामको कुरा गर्छन्।

कर्णेल गद्दाफी र नेपाली मिडिया

Image
अन्तत: एउटा तानशाहको अन्त्य भयो त्यो पनि नेपालको लागि कागलाई पाकेको बेल बराबरको। त्यसको अन्त्य हुने निश्चित थियो, भयो। पखेटा पलाएपछि कमिला धेरै दिन बाँच्दैन। सत्य कुरा त्यही हो। स्वभाविक रूपमा नेपाली शहरी जनताहरूले पनि मोमर गद्दाफीको बारेमा धेरै दिन चिया मात्र हैन ह्वीस्कि गफसम्म गर्न भ्याए। अन्तत: उनी मारिए विक्षिप्त रूपमा। उनी मरे, एउटा इतिहास सकियो। तर नेपाली पत्रिकाहरूमा यसको ठूलो असर देखियो, यो समाचार अघिल्लो महिना गएको भूकम्प जत्तिकै चर्चित भयो। जुन अस्वभाविक र पत्रिकाहरूको विवेकको कमिको उपज भन्दा अरू केही होइन। [caption id="attachment_112" align="alignleft" width="345"] कार्तिक ४ गतेका दैनिकमा गद्दाफीका समाचार[/caption] स्वभाविक रूपमा हामी ‘ग्लोबल भिलेज’का कुरा गरिरहेका छौं र संसारभरिका घटनाहरूले हामीलाई चुप बस्न दिँदैनन्। तर कर्णेल गद्दाफीको हत्याको भोलिपल्ट नेपालबाट प्रकाशित हुने समाचारपत्रहरूमा छापिएको उनको समाचारले हाम्रा पत्रिकाहरूले अझै पनि समाचारको महत्व नबुझेको तथा प्राथमिकता छुट्याउन नसकेको प्रष्टै देख्न सकिन्छ। त्यसो होइन भने कडा रूपमा भन

मकै वेदना !

Image
(यो कथा लेन्दाइको  ‘मकै’  कथाबाट प्रेरित छ। यो कथा नितान्त मनोरञ्जनका लागि लेखिएको हो। यो कथा मकैको व्यङ्ग्य गर्न लेखिएको हैन तर यही कथालाई जोड्दै अर्को कथा बुन्ने कोशिस गरिएको हो।) थापाथली चोक, जहाँ कैयौं चिल्ला सुटमा सजिएका चिल्ला कारहरूका झ्यालमा दिनहुँ एउटै बोली सुनिन्थ्यो- ‘दाइ, १ रुँप्पे दिनु न! मैले केही खा’को छैन।’ कारका झ्यालका सिसाहरू बन्द हुन्थे। अनि ती कट्कटिएका झुत्रा लुगाले अर्को चिल्लो कार कुर्थे। मान्छेहरू छेऊकै तन्दुरी पसलमा टन्न खान्थे, दाँत कोट्याउँदै बाहिर निस्किन्थे र पिच्च मेरो जिउमा थुक्थे। म ती कारका झ्यालमा याचना गर्ने आँखाहरू हेर्थें, अनि तुलना गर्थें मेरो जिवनसँग। दशौं हजार रूपियाँ गोजीमा हालेर शहर पसेका सपनाधारीहरू सायद कोही सपनाको व्यापारीकोमा बस्थे। रातभरी सपना देख्थे र उज्यालो भएपछि थापाथली चोकमा जम्मा हुन्थे। हरियो रङ्ले धपक्कै ढाकिएको, लामो अनुहार, टुप्पी बाहिर निकालेर लरक्क लर्केको म सुनौला लहरभित्र लुकेर बस्थें। मानिसहरूले मेरो बाहिरी रूप हेर्थे, घुटुक्क थुक निल्थे, आफ्नो गोजी छाम्थे, सायद सपना व्यापारी र आफ्ना सपना सम्झिन्थे अनि थुक निल्दै निराश अनुह

जब आमाको ममता छल्किन्छ !!

Image
हप्ताभरी यता कुद्यो उता कुद्यो व्यस्त भइन्छ- काम होस् या नहोस्। बल्ल एकदिन शनिवार बिदा हुन्छ अनि सोचिन्छ- सुतेरै खुशी होऊँ कि खुशी खोज्न सडक डुलौं! हाम्रै सडकहरूमा सुख र दु:ख, हाँसो र वेदना छरपस्टै भेटिन्छन्। दु:ख र वेदनामा खुशी खोज्ने कि सुख र हाँसोमा वेदना खोज्ने हाम्रै जिम्मामा! अर्काको हाँसोमा आफ्नो खुशी खोज्ने कि अर्काको आँशुमा आफ्नो खुशी खोज्ने त्यो पनि आफ्नै जिम्मा :) [caption id="attachment_77" align="alignleft" width="320"] असहाय तथा अपाङ्ग केन्द्र, भैंसेपाटी। Photo: TFC Blog [/caption] शनिबार बिहान साँच्चै सुखद रह्यो। आमाको ममता कति निस्वार्थ हुँदोरहेछ। हाम्रा खुशीका बाटाहरू, आत्मसन्तुष्टिका भावहरू पिडा र वेदनाहरूलाई छिचोल्दै कसरी प्रकट हुँदा रहेछन् भन्ने प्रत्यक्ष हेर्न पाएर पनि होला सँधै ९ बजेसम्म सुत्ने मलाई ७ बजे नै उठेर पनि सन्तुष्टि मिलेको थियो। कोही सेवामा स्वार्थ देख्छन् अनि कोही स्वार्थ नै सेवालाई बनाउँछन्। एकै ठाउँमा भिन्न मान्छे, एउटै काममा भिन्न स्वार्थ।