‘एक्स्क्लुसिभ’
धेरै दिन भो लेख्न खोजेको। न त पात्र फेला परे न त कथा। कथा न पात्र लेखनको जात्रा भो। एकदिन अफिसबाट चिया खान निस्किँदा कुरा निस्क्यो- स्वर्ग जाने कि नर्क भन्ने बिषयमा। सबैले आफ्नो आफ्नो तर्क दिए। मेरो तर्क चाहिँ अलि फरक भएछ। त्यसै पनि मसँग भगवान रिसाएकाका छन्। किनकी म भगवानलाई मान्छु तर भगवान मलाई मान्दैनन्। भगवानको पनि आफ्नै तर्क छ- “बाबु, मन्दिर आउ, फूल प्रसाद चढाऊ, लिङ्ग पूजा गर” भन्छन्। म भन्छु- “हेर बुढा, तिमी काँ ढुङ्गाको मूर्ति, म कहाँ हाड छालाको शरिर। तिमी काँ जतिबेला नि शिर ठाडो पारेर बसेका जबरस्वाँठ, म काँ लुत्रुक्क परेको निम्छरो। कहाँ तिमी भाङ् धतुरो खा’र नाच्दै हिँड्ने काँ म यसो बिजुली पानीसँग नाच्ने।“