आऊ, हामी बाँचेरै प्रेम अमर बनाऊँ !
फेब्रवरीको महिना चलिरहेको थियो। 'सारा संसार भुलेर म तिमीमा समाहित हुन चाहान्थेँ, भए भरको प्रेम तिमीमा पोख्न चाहान्थेँ,' मेरो शब्द यिनै थिए। 'म हजुरमै समाहित हुन चाहान्थेँ सारा संसार भुलेर, सारा नियम मिचेर, तर विछोडको पीडाले पिरोल्छ र सबै इच्छाहरु चिहान बन्छन्,' उनको जवाफ यस्तै थियो। धेरै जोडीहरु सायद भ्यालेन्टाइन डेका लागि योजना बनाउन व्यस्त थिए हुन्। हामी दुई भने एक अर्काबाट टाढा जाने बाटो खनिरहेका थियौं। दुवैका आँखा भिजेका थिए, शब्दहरु अड्किएका थिए। अनगिन्ती इच्छा र चाहनाहरु तछाडमछाड गर्दै पछारिइरहेका थिए। हामी आफूआफूलाई दोष दिएर प्रश्न सोधिरहेका थियौं- आफैसँग र कथित भाग्यविधाता, मूर्तिसँग। दोष उनको थियो या मेरो? वा दुवैको थिएन ! हामीले हिसाब गरिरह्यौं, उनले आफूलाई दोष दिइरहिन्, मैले आफूलाई दोष दिइरहेँ। हामी बाँचेर प्रेम अमर बनाउने बाटो रोजिरहेका थियौं। संसार सारै पाखण्डी छ प्रेमको सबालमा। संसारमा जति पनि प्रेमलाई अमर प्रेम मानिएका छन् ती सबै प्रेम मरेपछि अमर ठानिएका छन्। रोमियो-जुलियट, लैला-मजनू, मुना-मदन सबै मरेर अमर भएका प्रेम हुन्। बडा अनौठो छ। शेक्सपियरलाई कसैले