Posts

Showing posts from April, 2016

भूतका कथा

Image
जतिबेला बच्चा थिइयो त्यतिबेला केटाकेटी नै थिइयो जस्तो लाग्छ के अहिले सम्झिँदा। खासमा म बच्चामा कस्तो थिएँ भनेर मलाई कसैले सोधे भने मसँग जवाफै हुन्नँ। अहँ, मलाई पटक्कै थाहा छैन म जन्मिँदा कस्तो थिएँ। बोल्न कसरी सुरु गरेँ, जन्मिँदा कसरी रोएँ, पहिलो शब्द के बोलेँ? दाँत आउने बेला गीजा दुखेर रोएँ कि रोइनँ? रोएको भए कसरी रोएँ? केही याद छैन मलाई। बडा काइदाको बात यो छ कि बच्चाबेलाको कुनै फोटो पनि छैन। आनन्द छ बरीलै। तर जतिबेलादेखिका कुरा सम्झिन्छु त्यतिबेलादेखि 'भूत'का कुरा खुब सुन्थेँ। यति सुनिन्थ्यो कि भूतका कुरा त, भनि साध्य छैन। 'भात खाइनस् भने भूत आउँछ', 'पढेर बस, नपढनेलाई भूतले लान्छ,' 'ज्ञानी बन्नुपर्छ नत्र भूतले लान्छ,' यीनै हुन् बच्चामा धेरै सुनिएका धम्की। दिमागका भूतले यस्तो नराम्रोसँग डेरा जमाएको थियो कि गाउँमा कोही मर्ने बित्तिकै अब त्यसको भूत आउँछ भनेर महिनौं डर लाग्थ्यो। आफ्नो त घर फेरि चारैतिर बाटोको बीचमा। घरदेखि माथिको गाउँका मान्छे जति मर्थे सबैलाई घाट लाने बाटो त्यही घर वरिपरीको। अनि त राति पिशाव लागेपनि बरु ओछ्यानमै छोड्दिने तर नउठ्ने हो। अनि