Posts

Showing posts from November, 2016

प्रिय, आऊ तुरुक्क आँशु चुहाऔं !

Image
यता, म टाउकामाथिको टहटह जून हेर्दा मानसपटलमा आउने तिम्रो आकृतिले बेचैन बनाउँछ मलाई र आत्तिन्छु म पढेर मेरो व्यथा झार्छौ आँशु तुरुक्क भनेर म थिच्दिनँ किबोर्डमा ईन्टर र लेख्दिनँ तिम्रो नाममा कविता। [caption id="attachment_579" align="alignleft" width="404"] फोटो स्रोत: भाइरलस्केप [/caption] उता, तिमी त्यही मेरो आकाशमाथि टहटहकिने जून हेरेर हरेक रात तड्पिन्छौ मलाइ भेट्ने चाहनामा जुनेली रातमा न्यानो अँगालोमा बेरिने चाहनामा छटपट छटपट गर्दै कटाउँछौ रात घटघट पिउँछ्यौ आँशुका भलहरु र लुकाउँछौ दुनियाँको आँखाबाट।। तर उता, पत्रकार र मिडिया खन्छन् बालुवा र निकाल्छन् आँशुको समुद्र ह्वालह्वाल आँखाबाट आउने आँशु बन्छ सत्य चाहिँदैन आँशुको वैधानिकता पनि किनकी आँशु आफै पीडाको द्योत्तक हो चाहिँदैन तथ्य यसलाई प्रमाणित गर्न पनि ।।। यसैपनि, विज्ञ मानिन्छ पत्रकार र, सत्य तथ्यको व्यापार मिडिया र, पर्दैन माग्नु माफी पनि आँशु गलतै भएपनि अनि अझ, आजकाल मिडियामा सत्य बिक्दैन बिक्छ त केबल आँशु र भावना तथ्य त आजकाल शेयर बजारमै सिमित छ त्यसैले, आऊ प्रिय अब तिमी पनि लेख तिम्रा आँशुका कविता

हात्माकथा-२: छुसी

Image
मैले अलि कठोर आवाजमा भनेँ, ‘सरकार, यो गलत हुन्छ। आवेशमा नआइबक्स्योस्। यो कदम राजदरबारको लागि महँगो पर्छ। यो १७ साल होइन, जनता धेरै बुझ्ने भइसके। राजतन्त्र संकटमा पार्ने काम नगरिबक्स्योस्।’ मैतिदेवीको प्रहरी विट बाहिर म आधा होश र आधा बेहोशीको अवस्थामा थिएँ। मैले आफूलाई सम्हाल्ने कोशिस गर्दै आँखा खोल्ने प्रयास गरेँ। वरिपरी अँध्यारै अँध्यारो थियो। केही देख्दै देखिनँ। आफूलाई नियाल्ने प्रयास गरेँ। सर्ट त लगाएको थिएँ तर बटन खुल्लै थिए। सर्ट आफैले गरेको बोमिटले हिल्लै थियो। अझ तल नियालेँ, एउटा खुट्टामा मोजा मात्र थियो। मैले आफूलाई उठाउने प्रयास गरेँ, तर सकिनँ, शरीर नै थरर काँम्प्यो। प्रहरी बिटतिर हेरेँ। खाली थियो। एकमनले सोचेँ, राम्रै भयो। कम्तीमा कसैले देखेन। संकटकालको बेला थियो। १० दिन पनि बितेको थिएन, त्यही बिटमा एकरात १२ बजे रक्सीले टिल्ल भएर साथीलाई रातोपुल पुर्‍याउन जाँदा त्यहाँका असईले ‘सर, हजुर यहीँबाट फर्किबक्स्योस्, अर्को सरलाई म पुर्‍याइदिन्छु, यसरी राति हिँड्नु खतरा छ’ भनेर मलाई घट्टेकुलो कोठासम्म पुर्‍याउन एकजना जवान खटाएका थिए। पुरानो घटना याद आउनेबित्तिकै मलाई रुन मन लाग्यो। ती