प्रिय, आऊ तुरुक्क आँशु चुहाऔं !

यता,



टाउकामाथिको टहटह जून हेर्दा


मानसपटलमा आउने तिम्रो आकृतिले


बेचैन बनाउँछ मलाई र आत्तिन्छु म


पढेर मेरो व्यथा झार्छौ आँशु तुरुक्क भनेर


म थिच्दिनँ किबोर्डमा ईन्टर


र लेख्दिनँ तिम्रो नाममा कविता।




[caption id="attachment_579" align="alignleft" width="404"]फोटो स्रोत: भाइरलस्केप फोटो स्रोत: भाइरलस्केप[/caption]

उता,


तिमी


त्यही मेरो आकाशमाथि टहटहकिने जून हेरेर


हरेक रात तड्पिन्छौ मलाइ भेट्ने चाहनामा


जुनेली रातमा न्यानो अँगालोमा बेरिने चाहनामा


छटपट छटपट गर्दै कटाउँछौ रात


घटघट पिउँछ्यौ आँशुका भलहरु


र लुकाउँछौ दुनियाँको आँखाबाट।।


तर उता,


पत्रकार र मिडिया


खन्छन् बालुवा र निकाल्छन् आँशुको समुद्र


ह्वालह्वाल आँखाबाट आउने आँशु बन्छ सत्य


चाहिँदैन आँशुको वैधानिकता पनि


किनकी आँशु आफै पीडाको द्योत्तक हो


चाहिँदैन तथ्य यसलाई प्रमाणित गर्न पनि ।।।


यसैपनि,


विज्ञ मानिन्छ पत्रकार


र, सत्य तथ्यको व्यापार मिडिया


र, पर्दैन माग्नु माफी पनि आँशु गलतै भएपनि


अनि अझ,


आजकाल मिडियामा सत्य बिक्दैन


बिक्छ त केबल आँशु र भावना


तथ्य त आजकाल शेयर बजारमै सिमित छ


त्यसैले,


आऊ प्रिय अब तिमी पनि लेख तिम्रा आँशुका कविता


म लेख्छु मेरा आँशुका कविता


बगाऊँ भल प्रेमिल भावनाले


र बगाइदिऊँ यो समाज, यो बस्ती र यो पर्खाल


जसले रोक्छ तिम्रो र मेरो मिलन।


 

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ