Posts

Showing posts from September, 2012

स्मृतिमा दशैं

Image
काले दाजु थिए हाम्रोमा लुगा सिलाउने। उनी घरमा लुगा सिउन आएपछि परालको गुन्द्री ओच्छ्याएर हामी उनका वरिपरि बस्थ्यौं। दाजुले सियोले च्वास्स च्वास्स घोच्दिन्थे, तर हामी भाग्दैनथ्यौं न त रिसाउँथ्यौं नै। भात, खाजा, चिया जे जे खानुपर्छ दाजुसँगै बसेर खान्थ्यौं हामी बाहिरै। कालेदाजुको नाम धेरै ठूलो भएपछि सम्भवत: SLC पास गरेपछि मात्र थाहा भयो- हिराबहादुर नेपाली भनेर। दशैंमा बाहेक नयाँ लुगा किन्ने चलन थिएन। हाम्रो घरभन्दा पहिला काका वा ठूलोबुबाकोमा लुगा सिउन दाजु आए भने हाम्रो पीडाको बयान गर्ने शब्द हुँदैनथ्यो- आँशु बाहेक। अनि आफ्नोमा लुगा सिउँन आउँदा पनि दाजु, बहिनी र मेरो झगडा हुन्थ्यो कसको पहिला सिलाउने भनेर। सायद साना साना कुरामै सुख र दु:ख लुकेर बसेको हुन्थ्यो। अनि हामी तिनै साना-साना खुशीहरू बटुल्न दुखी हुन्थ्यौं। [caption id="attachment_82" align="alignright" width="504"] Dashain aayo. via nnsociety.org/ [/caption]   कसको लुगा पहिले सिउने भन्ने झगडा हुन थालेपछि कालेदाजुले भन्थे- ‘जो चुपचाप बस्छ त्यसको पहिला सिउँछु।’ अनि हामी हात बाँधेर बस्थ्यौं- चुपचाप। दाजुल

‌+२, ट्यापे र ग्यांग फाइट

Image
घाँटीमा टाइ, चटक्क आइरन गरेको सर्ट, चुज बनाएर टिमिक्क पारेको पाइन्ट- केटाहरूको लवाई। ऐेजन ऐजन तर पाइन्टको ठाउँमा घुडा माथिसम्म तानिएको स्कर्ट- केटीहरूको लवाई देख्दा आफ्ना नि तिनै दिन याद आए- +२ पढ्दाताकाका! मेरो कलेजको पेन्ट मैले चुज बनाइनँ- ज्यानको सवाल जो थियो :) SLC पास गरेपछि संसार जितेको भान हुन्छ सबैलाई तर मैले प्लस टु पढने बेलासम्म मेरो त्यो जोश सकिइसकेको थियो। म प्लस टु पढ्न विराटनगर जाँदा काठमाण्डौको ८ हजार महिनाको जागिर छोडेर गएको थिएँ २०५९ को साउन महिनामा जस्तो लाग्छ। [caption id="attachment_85" align="alignleft" width="479"] Google Image: used under fair use policy[/caption] यत्रो जोश र जाँगर बोकेर प्लस टु पढन गएको केटो विराटनगर पुगेपछि त्यतिबेला जिल्ल पर्‍यो जतिबेला मैले पढ्न खोजेको सिटी कलेजमा पत्रकारिता अंग्रेजी माध्यममा पढाइहुन्छ भन्ने थाहा भयो। काठमाण्डौ फर्किऊँ जागिर थिएन, त्यहीं पढौं अंग्रेजीमा ‘मेरो नाम अनन्त हो’ र ‘म भात खान्छु’ भन्दा तेस्रो शब्द आउँदैनथ्यो। ‘हेरेरै मर्नुभन्दा त छेरेर मर्नु निको’ भनेर थालियो पढ्न- अंग्रेजी, समाजशास्त्

कालो स्कर्ट

Image
(नोट: यो एउटा सफल हुन नसकेको प्रेम कथा हो। #ALoveStory+2 ह्यास ट्यागमा यो कथा मेरो ट्वीटर ह्याण्डलबाट प्रसारण भैरहेको थियो। ट्वीट गर्दै जाँदा यो कथाको शीर्षक ‘कालो स्कर्ट’भनेर  बरूण  ले जुराएका हुन्।) टिरिङ् टिरिङ्… टिरिङ् टिरिङ् ! फोनको घन्टीले म ब्यूझिंएँ। ‘हेलो, को बोल्नुभ’को?’ कुनै अपरिचित युवती स्वर थियो। ‘म म बोलेको, तपाईंले पो कसलाई खोज्नुभएको हो !’ मेरो जवाफ। शुरूवात यही थियो। तर उनले न त आफ्नो नाम भनिन्, न त ठेगाना। अनेक प्रयास गर्दा पनि उनले आफ्नो बारेमा बताइनन्- म तपाईंको फ्यान भन्नुभन्दा बाहेक। ‌ [caption id="attachment_40" align="alignleft" width="240"] कालो फ्रक: फोटो google Image[/caption] +२ पढ्दा हामी तीनजना (रविन, इशु र म) प्राय: दिनरात सँगै हुन्थ्यौं। त्यसैपनि रविन राती एक्लै सुत्न सक्दैनथ्यो- डरले। कहिलेकाहीं उसकै कोठामा एक्लै छ भन्ने थाहा हुने बित्तिकै इशु र म फोन गर्थेउँ उसलाई- ‘ओई ! झ्यालमा हेर त।’ त्यसपछि ऊ झ्यालतिर नहेरी बाउआमाको कोठामा जान्थ्यो र भुइँमा सुत्थ्यो।

उनी को थिईन्?

Image
The art of writing is the art of discovering what you believe- Gustave Flaubert अचानक टक् टक् आवाज कानमा गुञ्जियो। आवाज मेरो कोठाको ढोका छेउबाटै आएको थियो। ढक्‌ढक् ढक्‌ढक् आवाज आयो ढोकामा। ढोका खोलौं कि नखोलौं ! को हुन सक्छ यत्ति राति मेरो ढोका ढक्‌ढकाउने? अचानक मैले वाथरूम सम्झेँ। मेरो वाथरूममा म भन्दा पहिला भाडामा बस्ने एकजना अंकल करेण्ट लागेर मरेका थिए रे। त्यो भन्दा अझ पहिला पनि एकजना महिला मरेकी थिइन् रे। मेरो कोठाको ढोका वाथरूमको ढोकाको ठ्याक्कै एक मिटरको दुरीमा छ। घडी हेरेँ, अचम्म! घडीले रातको दुई बजाएको थियो। अचानक घडी कसरी चल्यो? विगत छ महिनादेखि दिनको दुईपटक भन्दा बढी मेरो कोठाको भित्ते घडीले समय बताउँदैन थियो। घडीले बताउने समय दुई नभएर पौने दश बजे थियो। डरले शरिर थरथर काँप्न थाल्यो। ढोकाबाट एकनाससँग आवाज आइरहेको थियो- ढक्‌ढक् ढक्‌ढक्!! ‘को हो?’ आवाज थर्थराउँदै मैले सोधेँ। [caption id="attachment_48" align="alignleft" width="360"] http://kristinabustamante.com/[/caption] ‘के गर्छस् हउ ढोका थुनेर?’ आवाज मेरै फ्ल्याट पार्टनरको थियो। ‘थुक्क, मेरो ड

बसि बियाँलो

कैलेकाईं खोज्दै नखोज्दा, पढ्दै नपढ्दा र चाहँदै नचाहँदा पनि रमाइला कुरा भेटिन्छन् संकलन केन्द्रमा  सारै अल्छि लाग्यो भने, मन बेचैन भयो भने वा समय कटाउन हम्मे हम्मे पर्‍यो भने पुराना कागजपत्र केलाउन थाल्दा हुन्छ- केही न केही भेटिहालिन्छ। नारायणप्रसाद उपाध्यायको सम्पादकत्वमा बनारसबाट आफुलाई ‘सचित्र नेपाली मासिक पत्र’ भनेर चिनाउँदै एउटा पत्रिका छापिन्थ्यो- दीपक प्रेसमा- दीपक भन्ने २०१३ सालताका। सो समयमा प्राय: पत्रिकाहरूले एउटा स्तम्भ राखेका हुन्थे- पाठकले रमाइला प्रश्न सोध्ने अनि सम्पादकले ती प्रश्नहरूको रमाइलो तवरले उत्तर दिने। ‘दीपक’को वर्ष १, अंक ३, २०१३ आषाढ १९ गते तद्‌अनुसार सन् १९५६ जुलाई २ को अंकमा छापिएको ‘बसि बिञालो’ स्तम्भ केही ज्ञानमूलक जस्तो लाग्यो र यहाँ जस्ताको तस्तै राखिएको छ।

उनी को थिईन्?

Image
The art of writing is the art of discovering what you believe- Gustave Flaubert अचानक टक् टक् आवाज कानमा गुञ्जियो। आवाज मेरो कोठाको ढोका छेउबाटै आएको थियो। ढक्‌ढक् ढक्‌ढक् आवाज आयो ढोकामा। ढोका खोलौं कि नखोलौं ! को हुन सक्छ यत्ति राति मेरो ढोका ढक्‌ढकाउने? अचानक मैले वाथरूम सम्झेँ। मेरो वाथरूममा म भन्दा पहिला भाडामा बस्ने एकजना अंकल करेण्ट लागेर मरेका थिए रे। त्यो भन्दा अझ पहिला पनि एकजना महिला मरेकी थिइन् रे। मेरो कोठाको ढोका वाथरूमको ढोकाको ठ्याक्कै एक मिटरको दुरीमा छ। घडी हेरेँ, अचम्म! घडीले रातको दुई बजाएको थियो। अचानक घडी कसरी चल्यो? विगत छ महिनादेखि दिनको दुईपटक भन्दा बढी मेरो कोठाको भित्ते घडीले समय बताउँदैन थियो। घडीले बताउने समय दुई नभएर पौने दश बजे थियो। डरले शरिर थरथर काँप्न थाल्यो। ढोकाबाट एकनाससँग आवाज आइरहेको थियो- ढक्‌ढक् ढक्‌ढक्!! ‘को हो?’ आवाज थर्थराउँदै मैले सोधेँ। http://kristinabustamante.com/ ‘के गर्छस् हउ ढोका थुनेर?’ आवाज मेरै फ्ल्याट पार्टनरको थियो। ‘थुक्क, मेरो डर’! यत्रो बेरसम्म मनभरी डर उब्जाएकोमा आफैसँग मुसुक्क हासेँ। अहिलेसम्म पालेका सबै डर खिस्स हाँसेर उडा

बसि बियाँलो

कैलेकाईं खोज्दै नखोज्दा, पढ्दै नपढ्दा र चाहँदै नचाहँदा पनि रमाइला कुरा भेटिन्छन् संकलन केन्द्रमा  सारै अल्छि लाग्यो भने, मन बेचैन भयो भने वा समय कटाउन हम्मे हम्मे पर्‍यो भने पुराना कागजपत्र केलाउन थाल्दा हुन्छ- केही न केही भेटिहालिन्छ। नारायणप्रसाद उपाध्यायको सम्पादकत्वमा बनारसबाट आफुलाई ‘सचित्र नेपाली मासिक पत्र’ भनेर चिनाउँदै एउटा पत्रिका छापिन्थ्यो- दीपक प्रेसमा- दीपक भन्ने २०१३ सालताका। सो समयमा प्राय: पत्रिकाहरूले एउटा स्तम्भ राखेका हुन्थे- पाठकले रमाइला प्रश्न सोध्ने अनि सम्पादकले ती प्रश्नहरूको रमाइलो तवरले उत्तर दिने। ‘दीपक’को वर्ष १, अंक ३, २०१३ आषाढ १९ गते तद्‌अनुसार सन् १९५६ जुलाई २ को अंकमा छापिएको ‘बसि बिञालो’ स्तम्भ केही ज्ञानमूलक जस्तो लाग्यो र यहाँ जस्ताको तस्तै राखिएको छ।

नेकशुले-२०६९

Image
हाम्रो मातृभाषा नेपाली भएपनि नेपाली शुद्ध लेख्नु हाम्रो लागि चुनौती हुने गरेको छ। तल उल्लेखित हिज्जे विचार भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको निर्देशन तथा सहभागितामा, प्रा. मुकुन्दशरण उपाध्यायको सुझाव समन्वित समर्थन र डा. तारानाथ शर्मा, प्रा. डा. कुमारबहादुर जोशी तथा कृष्णप्रसाद पराजुलीको सल्लाह एवम् सहमतिका साथ ललितपुर घोषणापत्र-२०६८ को मर्म र भावना अनुरूप, नेपाली भाषा प्रयोगकर्ताहरूका लागि यो व्यवस्था गरेको छ। वर्णमाला: फोटो: http://www.edventurenepal.org/image/Nepali_Language.jpg यसमा नेपाली भाषा प्रयोगकर्ता समूहका तर्फबाट विभिन्न पत्रकार, गीतकार, कवि, भाषाशास्त्री, गजलकार, संगीतकार, साहित्यकारहरु लगायत ८२ जनाले हस्ताक्षर गरेका छन्। नेकशुलेको पूरा रूप ‘नेपाली कसरी शुद्ध लेख्ने’ हो। ब्लग लेख्ने, पत्रकारहरू, नेपाली भाषा सिक्न चाहनेहरूका लागि उपयोगी हुने सोचेर मैले यसलाई ब्लगमा साभार गरेको हुँ। नोट: यसमा कथानक छैन, यो चाखलाग्दो छैन। पढ्न जाँगर लागे मात्र पढ्नु होला। पट्यारलाग्दो भनेर गाली गर्ने अधिकार सुरक्षित राखिएको छ 😉