उनी को थिईन्?

The art of writing is the art of discovering what you believe- Gustave Flaubert



अचानक टक् टक् आवाज कानमा गुञ्जियो। आवाज मेरो कोठाको ढोका छेउबाटै आएको थियो। ढक्‌ढक् ढक्‌ढक् आवाज आयो ढोकामा। ढोका खोलौं कि नखोलौं ! को हुन सक्छ यत्ति राति मेरो ढोका ढक्‌ढकाउने? अचानक मैले वाथरूम सम्झेँ। मेरो वाथरूममा म भन्दा पहिला भाडामा बस्ने एकजना अंकल करेण्ट लागेर मरेका थिए रे। त्यो भन्दा अझ पहिला पनि एकजना महिला मरेकी थिइन् रे। मेरो कोठाको ढोका वाथरूमको ढोकाको ठ्याक्कै एक मिटरको दुरीमा छ। घडी हेरेँ, अचम्म! घडीले रातको दुई बजाएको थियो। अचानक घडी कसरी चल्यो? विगत छ महिनादेखि दिनको दुईपटक भन्दा बढी मेरो कोठाको भित्ते घडीले समय बताउँदैन थियो। घडीले बताउने समय दुई नभएर पौने दश बजे थियो। डरले शरिर थरथर काँप्न थाल्यो। ढोकाबाट एकनाससँग आवाज आइरहेको थियो- ढक्‌ढक् ढक्‌ढक्!!
‘को हो?’ आवाज थर्थराउँदै मैले सोधेँ।




[caption id="attachment_48" align="alignleft" width="360"]http://kristinabustamante.com/ http://kristinabustamante.com/[/caption]


‘के गर्छस् हउ ढोका थुनेर?’ आवाज मेरै फ्ल्याट पार्टनरको थियो।
‘थुक्क, मेरो डर’! यत्रो बेरसम्म मनभरी डर उब्जाएकोमा आफैसँग मुसुक्क हासेँ। अहिलेसम्म पालेका सबै डर खिस्स हाँसेर उडाउँदै ढोका खोलेँ। मेरो आवाज बन्द भयो। भएभरको बल निकालेँ र कनेँ, तर बोली फुटेन। मुख आँ भइरह्यो। हातखुट्टा थरथर कामे। थुचुक्कै भुइँमा बसेँ। वरीपरि अन्धकार छायो। सायद म बेहोश भएँ।



* * * * *
म बेडमा पल्टिरहेको थिएँ। वरीपरि आँखा दौडाएँ। बेडको छेउमै भएको कुर्सीमा एकजना युवती बसिहेकी थिएन्। म जुरूक्क उठेँ। उनी मुसुक्क मुस्कुराइन्। सेतो रङ्गको ‘वान पिस’मा आफ्नो सिल्की कपाल अगाडिपट्टि झारेर मुस्कुराउँदा उनी कुनै परी झैँ लाग्थिन्। मैले सानामा सुनेको किचकन्याको कथा सम्झेँ। किचकन्याहरू सेतो कपडामा हुन्छन् र सुन्दर हुन्छन् भन्ने सुनेको थिएँ। मेरो अनुहार डरले निलो कालो भयो। म डराएको देखेर उनले मस्किँदै भनिन्- ‘लौ, किन डराउनु भएको यसरी? म बाघ भालु हो र !’ मैले किचकन्याको कथा सुन्दा अर्को कुरा नि सुनेको थिएँ- ‘किचकन्याहरूको पछाडिको भाग खोक्रो हुन्छ।’ मैले हिम्मत जुटाएर उनलाई बेडमा तानेँ। उनको अनुहारमा लाज मिसिएको रीस देखियो। मेरो हात छुटाउने प्रयास गरे झैँ उनले भनिन्- ‘आखिर तपाईं पनि अरू सबै केटाजस्तै निस्किनु भयो। मेरो मायालाई नबुझि मेरो रूप र यौवन लुट्न खोज्ने।’



यस्तो राती एउटी केटी मेरो कोठामा छिरेर मलाई नैतिकताको पाठ पढाउन थाली। तर मलाई यो किचकन्या हो या वास्तविक केटी पत्ता लगाउनु थियो। ‘हेरेर मर्नुभन्दा छेरेर मर्नु जाति’ भन्ने उखान याद आयो। मैले भनेँ- ‘२ बजे राती नचिनेको केटाको कोठामा छिरेर एउटी केटी मलाई नैतिकता सिकाउँदै छे!’ उसले केही बोलिन, छातीसम्म झरेको कपाललाई झड्कार्दै पछाडि लगेर मुसुक्क हाँसी मात्रै। मैले उसका दुवै हात समातेर बेडमा तानेँ र कस्सेर छातीमा टासेँ। आफ्नो साहस सम्झेर मुसुक्क मुस्कुराएँ। मेरो ध्येय यो किचकन्या हो कि होइन थाहा पाउनु थियो। उसको निधारमा हल्का चुम्बन गर्दै मेरा हातहरू उसको पछाडिको भागमा सल्बलाउन थाले।



‘हँ’- मेरो मुखबाट अचानक आवाज निस्क्यो। मेरो आवाजले उ झस्की। एक्कै झड्कामा मेरो हात फुत्काई। म अवाक् भएँ। उसको पछाडिको भाग सामान्य युवतीको जस्तै थियो। अब भने मेरो दिमागले काम गर्न छोड्यो। मैले सुनेको किचकन्याको कथा गलत थियो वा यो केटी वास्तविक थिई? म एकोहोरिएँ। ‘के सोचिरहेको?’- उसको आवाजले म झसङ्ग भएँ। ‘हँ, केही होइन’ मैले टार्ने मनसायले भनेँ। उसले मेरो हात समातेर बिस्तारै उसको छातीमा राखिदिई र भनी- ‘छाम्नुस् त,यो मुटु तपाईंको मायाले धडकिरहेछ।’ मैले बिस्तारै आफ्नो हात उनको छातीमा घुसारेँ। उनको मुटु जोड जोडले धड्किरहेको थियो। लाग्थ्यो, मैले हात आगोमा राखेको छु। तर त्यो आगोले पोलेको थिएन, आनन्द दिईरहेको थियो। मैले बिस्तारै उसको ओठमा चुमेँ र उनमा समाहित भएँ।



मलाई उसको वास्तविकता, उसको सत्यतासँग केही मतलब थिएन। म उसको सुन्दरतामा लठ्ठ भएर उसमा समाहित भएको थिएँ। उसले मलाई कस्सेर च्यापेकी थिई। म उमाथि लडेर चरम सुखको अनुभुति लिइरहेको थिएँ। म आफैलाई थाहा थिएन कतिबेला मैले उसलाई नङ्ग्याएँ र म कसरी नाङ्गिएँ। उसको मुखबाट निस्केको स्वासको तातोपन मेरो ओठले महशुस गरिरहेको थियो। अचानक मभित्रबाट केही पग्लिएर झरेको जस्तो लाग्यो। मेरो स्वास बढ्यो। एकैछिनमा म शिथिल भएँ।


******


‘आखिर तैँले पनि आफ्नो रूप देखाइस् हैन?’- उसको तिखो स्वरले म तर्सिएँ। उसले झड्कारेर उबाट मलाई अलग्याई। म के भन्ने र के गर्नेको दोसाँधमै थिएँ। ऊ जुरुक्क उठी। मेरो किताबको र्‍यागमा राखेको हेडसेट तानी र अचानक मेरो घाँटीमा बेरी। म आफुलाई बचाउन बल गर्न थालेँ। उ ममाथि चढेर मेरो घाँटी कसिरहेकी थिई। झसङ्ग ब्युझिएँ। शरिर पसिनाले निथ्रुक्क भिजेको थियो। जुरूक्क उठेँ। टिभि खुल्लै रहेछ। जिटिभिमा ‘फियर फ्लाइज्’को रिपिट टेलिकास्ट दिँदै थियो।


Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ