मेरो बकपत्र !
धेरैपटक म आफैलाई सोध्छु, म को हुँ? म के थिएँ? म किन यस्तो भएँ? के म मृतात्मा हुँ? म मा केही भावना छैनन्? वा मेरो जन्मले नै मलाई यस्तो बनायो? या म हुर्केको परिवेशले मलाई संसारको पर्बाह नगर्ने बनायो? यी प्रश्नहरु फगत मेरा लागि हुन्। अनि यो ब्लग पनि सिर्फ मेरै लागि हो। आफुलाई चिन्ने प्रयास हो। यस्ता प्रश्नले म आफैलाई आफु पागल हुँ कि झैं लाग्छ। तर, फेरि, समाजमा पुग्दा, साथीभाइका अगाडि पुग्दा उनीहरुले सामान्य ढंगले कुरा गर्दा हैन म पागल त होइन रहेछु भन्ने थाहा पाउँछु। मेरा लागि कुनै पनि दिन स्पेशल लागेनन्, न त मेरो जन्मदिन, न त कोही अर्काको जन्मदिन, न त कसैको बिहेको पार्टी, न त कसैको सफलताको भोज। यी सबैमा म पुग्छु किनकी मैले पुग्नुपर्छ, मान राखिदिनुपर्छ झैं लाग्छ। अरुले त्यस्तै सोच्छन्। उनीहरुलाई लाग्छ- मेरा लागि यी सबै बकबास हुन्। वास्तवमा मलाई हरेक क्षण, हरेक दिन उस्तै लाग्छन्। 'सेलिब्रेसन'को विशेष अर्थ लाग्दैन मेरो जीवनमा। बडो अजिब लाग्छु म आफै आफैसँग। मान्छेहरु हिउँ देखेर, जंगल देखेर, फूल देखेर 'वाह ! हाउ ब्युटिफूल' भन्छन्। उनीहरुको जमातमा म पनि त्यसै भन्छु। तर वास्तवमा ...