Posts

Showing posts from July, 2013

मैले हजुरको नुन खाएको छु सरकार !

Image
२०६१ माघ १९ मा शासनसत्ता आफ्नो हातमा ल्याएपछि तत्कालिन राजा ज्ञानेन्द्रसँग नेपाल टेलिभिजनका महाप्रबन्धक दुर्गानाथ शर्माले नेपाल टेलिभिजनका लागि लिएको अन्तर्वार्ता सारै चर्चित भयो। चर्चाको कारण ज्ञानेन्द्रले के भने भन्नेमा भन्दा पनि उनले बोल्दा दुर्गानाथ शर्मालाई सम्बोधन गरेको 'दुर्गा' का कारण थियो। त्यतिबेला राजा ज्ञानेन्द्रले भनेको एउटा जवाफ सारै चर्चित रह्यो, 'बलिदान भन्ने कुरा दुर्गा माटोले माग्दैन, आफैले जानेर दिनुपर्छ।' यो भनाइलाई नेपाली सेनाले टपक्कै टिप्यो र 'माटोले माग्दैन' भन्ने टेलिभिजन कार्यक्रम नै बनायो।

श्री खुर्सिदो उवाच

Image
अचानक राती चट्याङ् परेजस्तो आवाज सुनिन्छ। कालो बादल मडारिरहेकोजस्तो, ठूलै उथलपुथल हुन लागेजस्तो, छातीमा केही गह्रौं वस्तुले थिचेजस्तो। ऐठनले ऐं ऐं भएको देखि सीता माते जागा होइबक्स्यो। होटलको कोठामा छामछाम छुमछुम गरेपछि बिजुलीको स्वीच फेला पारिबक्स्यो। बत्तीको धिमा प्रकाशमा माताले स्वामीलाई हेरिबक्सनुभयो।