Posts

Showing posts from March, 2012

सामाजिक सञ्जाल र पुराना पुस्ता

गएको शनिवार साँझदेखि ट्वीटरमा एउटा बम खस्यो। सामाजिक सञ्जाललाई जिवनको अभिन्न अंग मान्नेहरूका बारेमा मुटु दुख्ने गरि नेपाली पत्रकारिता क्षेत्रमा सम्मानका साथ लिइने नाम ‘किशोर नेपाल’ज्यूले सोसल मिडिया प्रयोगकर्ताका बारेमा गरेको निकृष्ट टिप्पणीले ट्वीटर प्रयोगकर्ताहरूको दिमागमा ठूलो झापड हानेको महशुस गरियो। सामाजिक सञ्जाल माथि केटाकेटीहरू अथवा अनुहार नचिनिनेहरूको नियन्त्रण छ भनेर एकजना वरिष्ठ वरिष्ठले गरेको टिप्पणि जति निन्दनीय छ त्यो भन्दा पछाडि यस्तो टिप्पणिको कारण खोज्नु जरूरी छ। यो टिप्पणिलाई हेर्ने हो भने उहाँको भनाइमा केही सत्यता छ। कारण: सामाजिक सञ्जालबाट उहाँहरू जस्तो बूढापाकाहरूको पक्कड खुस्किँदै गएको छ, र उहाँहरूले नचिनेका अनुहारहरू सामाजिक सञ्जालमा प्रख्यात भएका छन्। यो पक्कै पनि उहाँहरूका लागि असह्य कुरा हो। स्वभाविक छ, नेपालमा वा विश्वमै सामाजिक सञ्जालहरूको लोकप्रियता जुन गतिमा विकसित भैरहेको छ त्यसले सञ्चारका पुराना माध्यमहरू माथि धावा बोलेको छ। आजको पत्रकारिता कुनै एउटा पत्रिका वा रेडियो वा टेलिभिजनमा मात्र सिमित छैन। विश्वमा अहिले नागरिक पत्रकारिता (Citizen journalism) र ए