Posts

Showing posts from June, 2012

मेरो नाक !!!

Image
मसँग कुरा गरेका पत्रकारिता इतरका केटी साथीहरूले सँधै एउटै गुनासो गर्ने गर्छन्- ‘मैले पत्रकारिता नपढेर दु:ख पाएँ’। आजकाल मैले दिने जवाफ एउटै हुन्छ- ‘राम्रै त भयो कमसेकम नाक त जोगिएको छ’। म आफैँलाई पनि बेलाबेला म क्रियाशील पत्रकारितामा नभएकोमा पछुतो लाग्छ। विशेषगरी आफैँसँगका साथीहरूले पत्रकारिताको सागर आफैँले थामेको कुरा गरेको बेला। तर जब नाकको सबाल आउँछ, म सन्तोषको सास फेर्छु। [caption id="attachment_116" align="alignright" width="300"] Keep Your nose out of my business :D via http://thetalentcode.com/ [/caption] कुरो नाकको उठिसकेपछि यसलाई टुङ्गोमा पुर्‍याउनु मेरो दायित्व हो। अँ, म मैले दिने जवाफको प्रसँगमा थिएँ। नाकको कुरो उठ्यो कि मलाई आफ्नो सारै माया लागेर आउँछ। यो नाकले पनि मलाई बेलाबेला खरो रूपमा उतार्छ। दुई वर्षजति पहिला होला, एकजना केटी साथीले मेरो नाकको चर्चा गरिन्। मैले उनलाई सटिक जवाफ दिएँ- ‘बाबुआमाले सानैदेखि अरू जे गरे पनि आफ्नो र हाम्रो नाकचाहिँ जोगाउनु है छोरा भन्ने सिकाउनु भयो। त्यही जोगाउने क्रममै अहिले यति लामो भैसकेछ।’ अहिले सोच्दैछू… धन्

शहीदले नदेखेका सपना !!

Image
-ऋतुराज शहीदहरूले के-के सपना देखेका थिए कुन्नि ! आफ्ना सपनाबारे उनीहरूले बिस्तारसाथ लेखेर गएनन्। ती बलिदानी आत्माहरूले देखेका सपनाबारे माघ महिनाको एकदिन व्याख्या गर्ने साना ठूला ब्याख्याताहरू नै जानुन्। हाम्रा शहीदहरूले नदेखेका सपनाचाहिँ यी हुन सक्छन्: * नब्बे सालको भूइँचालोपछि नयाँ सडक बन्यो। पछि त्यो जुद्ध सडक कहलियो अनि त्यहाँ जुद्धशमशेरको सालिक पनि ठडियो। जुद्धशमशेरकै कारण चार शहीदले प्राणाहुति दिन परेको थियो। * आज जुन ठाउँमा जुद्धको सालिक शानसित खडा छ त्यसै ठाउँबाट तीनतिर छुट्टिने सडकको नामाकरण शुक्र, धर्म र गंगापथ गरिएको छ। यस्तो उदेकको संयोगबारे हाम्रा शहीदले सपना देखेका थिए होलान् र? ऋतुविचार। आगामी सातादेखि बजारमा आउँदैछ !

गाउँमा किताब: प्रथम अध्याय

Image
पृष्ठभूमि गाउँमा किताब अभियान: पहिलो मिसन: श्री नेपाल राष्ट्रिय सामुदायिक उच्च माध्यामिक विद्यालय, जर्बुटा-४ करैखोला, सुर्खेतमा पुस्तक हन्तान्तरण कार्यक्रम। २०६९/०२/२६ गते शुक्रबार समय: २:४० बजे –    टिरिङ् टिरिङ्…! –    हेल्लो….. बाहिर निस्क ! –    ए, म निस्किसकें। गाउँमा किताब अभियान: पहिलो अध्याय योभन्दा अघि धेरै सम्वाद भएका छन् तर कथा यहाँबाट शुरू गरिएको छ। गाउँमा किताब अभियानको पहिलो मिसनका बारेमा आधिकारिक लेखहरू बिस्तारै आउलान् । तर यहाँ चाहिं यही अभियानका दौरानका घटनाहरूलाई अलि फरक ढंगबाट प्रस्तुत गरिनेछ। (यो कथाका घटना तथा पात्रहरू वास्तविक हुन्। कसैको जिवनमा मेल नखाएमा संयोग मात्र हुनेछ।) अनुरोध: यो नितान्त मनोरञ्जनका लागि लेखिएको हो। यसले पुरै मिसनका बारेमा आधिकारिक धारणा बताउने छैन। उल्लेख गरिएका पात्रहरूले मनोरञ्जनकै रूपमा लिइदिनुहुन।