मेरो नाक !!!
मसँग कुरा गरेका पत्रकारिता इतरका केटी साथीहरूले सँधै एउटै गुनासो गर्ने गर्छन्- ‘मैले पत्रकारिता नपढेर दु:ख पाएँ’। आजकाल मैले दिने जवाफ एउटै हुन्छ- ‘राम्रै त भयो कमसेकम नाक त जोगिएको छ’। म आफैँलाई पनि बेलाबेला म क्रियाशील पत्रकारितामा नभएकोमा पछुतो लाग्छ। विशेषगरी आफैँसँगका साथीहरूले पत्रकारिताको सागर आफैँले थामेको कुरा गरेको बेला। तर जब नाकको सबाल आउँछ, म सन्तोषको सास फेर्छु।
[caption id="attachment_116" align="alignright" width="300"] Keep Your nose out of my business :D via http://thetalentcode.com/[/caption]
कुरो नाकको उठिसकेपछि यसलाई टुङ्गोमा पुर्याउनु मेरो दायित्व हो। अँ, म मैले दिने जवाफको प्रसँगमा थिएँ। नाकको कुरो उठ्यो कि मलाई आफ्नो सारै माया लागेर आउँछ। यो नाकले पनि मलाई बेलाबेला खरो रूपमा उतार्छ। दुई वर्षजति पहिला होला, एकजना केटी साथीले मेरो नाकको चर्चा गरिन्। मैले उनलाई सटिक जवाफ दिएँ- ‘बाबुआमाले सानैदेखि अरू जे गरे पनि आफ्नो र हाम्रो नाकचाहिँ जोगाउनु है छोरा भन्ने सिकाउनु भयो। त्यही जोगाउने क्रममै अहिले यति लामो भैसकेछ।’ अहिले सोच्दैछू… धन्न म क्रियाशील पत्रकारितातिर लागेनछु, नत्र मेरा बाबुआमाले जोगाउन अर्हाएको नाकको के हालत हुन्थ्यो होला !!
कथा ‘ट्र्यांगुलर’ भयो। यो कथाको मुख्य पात्र म अनि सहायक पात्रहरू- मेरा केटी साथी, नेपाली पत्रकारिता र मेरो नाक। यी चारजना पात्रहरू मध्ये एकदुई घटनामा बाहेक मेरो नाक र केटी साथीको खासै सामञ्जस्य छैन। पत्रकारिता र केटी साथीको प्रतिशत हिसाब गर्दा (यो मेरो हिसाब हो, पहिलानै भन्दिउँ मेरो हिसाब सारै निम्नकोटीमा पर्छ) ५० प्रतिशतले मैले पत्रकारिता पढेकैले ‘म’ भएको सम्म भन्न भ्याएका छन्। मलाई यसबारेमा केही भन्नु छैन किनकी तिनीहरू मध्ये एकैजनाले पनि मलाई पत्रकारिता पढ्नु अघि चिन्दैनथे।
केटी साथीको कुरा नगरी मेरो पत्रकारिताको कुरा गर्ने हो भने मैले पत्रकारिताको शुरूवातै महिला पत्रकारिताबाट गरेको हुँ। एउटा ‘सरिता’ नाम गरेको मासिक पत्रिका निस्कन्थ्यो अनामनगरतिरबाट। मैले काम गर्न थालेको २ महिनापछि बाट त्यसलाई साप्ताहिक बनाईयो अनि ८-९ महिना काम गरेपछि त्यो बन्द भयो। एउटा कथा सकियो।
दोस्रो चरणमा फेरि अर्को नयाँ पत्रिका फेला पर्यो ‘दृश्य’ पाक्षिक। २०६२/६२ मा निस्केको यो पत्रिकामा पनि महिलाले नछोड्ने पक्का भयो। मेरो ‘बिट’ पर्यो ‘खेलकूद’ र ‘चलचित्र’। यही ‘बिट’को सिनियर दाईसँग मिलेर नयाँ कोलमको विकास गर्ने उपाय सुझ्यो…एकजना खेलाडी र एकजना सुन्दरीलाई जम्काभेट गराउने र अन्तर्वार्ता गर्ने। यो पनि बिचैमा तुहियो, ४ महिना पुग्न नपाउँदै पत्रिका मर्यो।
पत्रकारिता गर्दा जम्मा एकपटक नाक जोगाउन हम्मेहम्मे परेको हो। हामीले पत्रिकामा जनक शिक्षा सामाग्री केन्द्रका महाप्रबन्धकको रासलीलाको बारेमा समाचार प्रकाशित गरेका थियौं। त्यो समाचारमा ७ जना महिलाको नाम उल्लेख थियो। समाचार लेख्ने रिपोर्टर हामीसबै मध्ये ‘सिनियर’। हामीले समाचारमा सवै महिलाहरूको नाम परिवर्तन भनेर लेखेका त थियौं तर परिवर्तित नाम भएकै महिलाहरू त्यहाँका कर्मचारी रहेछन्। समाचार प्रकाशित भएको भोलिपल्ट अनामनगरस्थित कार्यालयमा जनक शिक्षाका ३० जना कर्मचारीको जुलुस। कार्यालयमा म एक्लै, अब नाक जोगिने सम्भावना थिएन। धन्न झटपटमा प्रहरीलाई खबर गर्न भ्याएँ र नाक जोगाउन सफल भएँ। तर अहिले त म पत्रिकामा काम गर्दिनँ।
पत्रिकामा काम नगरेर के भयो त ‘गोजी-यन्त्र’ (गोजी-यन्त्रको बारेमा मेरो पहिलो र दोस्रो पोष्ट पढनुहोला) त साथ छँदैथियो। महिला पत्रकारिता सकिएपनि ‘गोजी-यन्त्र’ले काम गरेकै थियो। पत्रकारिता पो गरिएन त ‘अन्तर-वैयक्तित संचार’को विकासले ठूलो फड्को मार्यो। पत्रकारितामा जम्मा एकपटक नाक जोगाउन धौ धौ परेको हो, यो अन्तर-वैयक्तित संचारमा त कति पटक नाक जोगाउन धौ धौ पर्यो हिसाब गरिएको छैन, त्यसै पनि आफ्नो हिसाब । यसमा केटीसाथीहरूको विशेषता, कुशेषता र ‘इन्टेन्सन’ आदि आदि कुराहरूको भूमिका उल्लेख्य छ। यो नाक पनि बडो अजिब वस्तु रहेछ। गुण्डाले पिटन खोज्दादा पनि यही नाकमा लाग्ने, केटी साथीहरूले केही भने पनि यही नाकमा लाग्ने। अनि हुँदा हुँदा पत्रकारिता गर्दा पनि यही नाकमै लाग्ने।
म अहिले सोच्दैछु, मेरा बाबुआमाले नाक जोगाउनु भनेर विशेष जोड दिएको कारण। जताबाट पनि आक्रमणको मुख्य अंग नै नाक भएपछि यो जोगाउन गार्हो छ भनेरै रहेछ नि त त्यसो भनेको। तर नेपाली पत्रकारहरूको नाक अहिले संकटमा छ, भलै म यसमा प्रत्यक्ष रूपमा छैन र मेरो नाकलाई अलि आराम छ। एकातिर पत्रकारहरूको नाकको संकट त छँदैछ, उनीहरूको नाकमाथि राजनीतिक पार्टी र पार्टी पोषित गुण्डाहरूले हानेकै छन्। उता पत्रकारहरूले पत्रकारिताको नाकमाथि गरेको आक्रमण गुण्डाहरूको आक्रमण भन्दा खतरनाक छ। अब सबैले आफ्नो बाबुआमाको लागि नभएपनि आफ्नो लागि पनि नाक जोगाउनतिर लाग्नु अहिलेको महत्वपूर्ण सबाल हो।
मेरो नाकको महिमा त जति गरे पनि सकिएला जस्तो छैन। यसको बयान गर्न हजार जिब्रो भएको शेषनागलाई नै जिम्मा दिउँ। जय होस् नाक जी को !!!

Comments
Post a Comment