Posts

Showing posts from December, 2012

संकटको पत्रकारिता

मदन पुरस्कार पुस्तकालयमा अढाइ बर्ष ‘रिसर्चर’को रूपमा काम गर्दा नेपालका धेरै पत्रिकाहरू पढने मौका पाइयो। विसं. १९५६ को उपन्यास तरङ्गीणी देखि शुरू भएको अध्ययन २०४० सालसम्मको गोरखापत्रसम्म आइपुग्यो। १९५६ देखि २०१७ सालसम्मका धेरै पत्रिकाहरूको विस्तृत अध्ययन भयो। तर यहाँ मैले उठाउन खोजेको कुरा चाहिँ पञ्चायतकालमा नेपाली पत्रिकाहरू माथि जिल्ला वा अञ्चल प्रशासन कार्यालयले गरेका कारवाहीको सानो बिवरण पेश गर्न मात्र खोजेको हो। नेपाली पत्रकारिता कुन अवस्थाबाट गुज्रेको थियो भन्ने कुरा यसले सामान्य रूपमा चित्रित गर्छ जस्तो लाग्छ।