Posts

Showing posts from March, 2014

विकासे बहस र हाम्रो वास्तविक चरित्र

Image
हिजो मंगलबार बिहान अफिस जान सुकेधाराबाट माइक्रोबस चढें। बसका चालक दाइलाई राजनीतिबाट हुनसम्म वितृष्णा भएको रहेछ। उनी 'नेताहरूले देश बिगारे, कर्मचारीहरू काम नै गर्दैनन्, सबका सब भ्रष्ट छन्' भनेर उनका सहयोगीसँग र यात्रुहरूसँग एकोहोरो विलाप गरिरहेका थिए। माइक्रोबस एअरपोर्टबाट अगाडि बढ्नेबित्तिकै ट्राफिकको चेकिङ् चलिरहेको थियो। यहाँ सँधै ट्राफिक चेकिङ् भइरहन्छ। म चढेको माइक्रोबस पनि ट्राफिकले रोके। कागजपत्र मागे। चालकले सबै कागजपत्र ठीक छ भने। तर  ट्राफिकले उनलाई कागजपत्र देखाउन भने। चालकले ब्लू बुक र लाइसेन्स दिए। ट्राफिकले चेकजाँच गर्दा थाहा भयो चालक दाइको लाइसेन्सको म्याद सकिएको ११ महिना भैसकेको रहेछ। [caption id="attachment_400" align="alignleft" width="553"] urbanpassion.blogspot.com [/caption] उनले पैसा नभएकोले लाइसेन्स रिन्यू नगरेको बताए, जवाफमा ट्राफिकले 'के तपाइँलाई लाइसेन्स रिन्यू गर्न ट्राफिकले पैसा दिनुपर्‍यो? आज गएर रिन्यू गर्नुस्' भने। त्यसपछि आजै लाइसेन्स रिन्यू गर्ने सर्तमा माइक्रोबस गुड्यो। मैले विगत २ महिनादेखि एअरपोर्ट छेउको