Posts

Showing posts from July, 2020

भड्किएका हामी, बतासिएको बहश

विगत केही समयदेखि सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजनमा भइरहेका बहश हेर्दा लाग्छ- हामीले चुनेका हाम्रा प्रतिनिधि हाम्रालागि अति योग्य प्रतिनिधि हुन्। हुन् पनि। यी प्रतिनिधि हामी आफैंले भोट दिएर चुनेका हुन्। यी प्रतिनिधिले हाम्रो भौगोलिक र सामाजिक प्रतिनिधित्व मात्र हैन हाम्रो बौद्धिक क्षमताको प्रतिनिधित्व पनि गरिरहेका छन्। हामीलाई लाग्छ- हाम्रा नेता वा हाम्रा राजनीतिज्ञ, हाम्रा कर्मचारी वा हाम्रा जनप्रतिनिधि खराब भए। आत्मसन्तुष्टिका लागि त्यस्तै ठानौं। तर तपाइँ हामीले माने पनि नमाने पनि खराब हामी हौं। हामी आफू खराब भएकाले हाम्रा प्रतिनिधि खराब भएका हुन्। यो स्विकार गर्न गाह्रो होला तर सत्य त्यही हो। हामीले अहिले गरिरहेका बहशका विषय हेरौं र अहिलेको देशको अवस्था हेरौं। टेलिभिजनमा भइरहेका बहश, पत्रपत्रिकामा भैरहेका बहश पढौं र हाम्रो हुनेपर्ने प्राथमिकता हेरौं। हामी बहश केमा गरिरहेका छौं? केही समयदेखि समाजको एउटा तप्का राजेश हमाल महानायक हुन् कि होइनन् भन्ने बहशमा मग्न छ। ट्विटर, फेसबुकका त कुरै छोडौं, टेलिभिजन, पत्रपत्रिकातिर पनि यसबारेमा बुद्धि लडाइरहेका छन् बुद्दिकेबीहरु। तपाइँ एकपटक

के सिकाउने, कसरी सिकाउने !

Image
शुरुवात शुरुबाटै गर्नुपर्छ। शुरुवात मध्यबाट वा अन्त्यबाट भयो भने त्यसको परिणाम राम्रो हुँदैन। हुनत सँधै शुरुवात शुरुबाटै हुँदैनन्। दशैंमा बाबियो (खर)को लठारो बाट्नुभएको छ? लामो, मोटो लठारो बाट्नुपर्ने र एकजनाले गर्न नसकिने भएकोले लठारो सामान्यत: बीचबाट बाट्न शुरु गरिन्छ। त्यसैले मध्यबाट शुरु भएका सबै कामका परिणाम सही हुँदैनन् भन्ने पनि हुँदैन। ठ्याक्क एक बर्ष अगाडि हो, कफी टकमा बसेर कफी पिइरहँदा एकजना दाइले मलाई सोध्नुभयो- हाम्रो समाज वा देशमा परिवर्तन ल्याउन सबैभन्दा पहिला के परिवर्तन गर्नुपर्छ? मलाई यसको जवाफ दिन सोच्नै परेन। मैले भनें- शिक्षा। सिकाइको पहिलो खुट्किलो। यहाँ शिक्षा भनेर विद्यालय जानुभन्दा अगाडिदेखिको कुरा गर्न खोजेको। यसलाई संस्कार पनि भन्न सकिन्छ। हुनत बहुसंख्यकलाई हेर्ने हो भने हाम्रो रहनसहन वा हाम्रो जीवनशैली शहरिया होइन। हाम्रा आमाहरुले अझै पनि गर्भावस्थामा पर्याप्त स्याहार पाउँदैनन्। हिँड्दा हिँड्दै, काम गर्दागर्दै बच्चा जन्माउनु पर्छ। बच्चा पनि हिलो, माटो, ढुंगासँग खेल्दै, खाँदै हुर्किन्छन्। हामी त्यसैगरी हुर्केका हौं। तर सँधै 'हामी त यस्तै त हो नि ब्रो'

प्रकाशकीय: आदर्श लेखन शुरुवात

शुरुवात, उदघाटन, थालनी, प्रारम्भ भनेर हरेकपटक ब्लग रिन्यू गर्ने पैसा तिर्दा लेखिने नियमित स्तम्भ हो मेरो। र, यो पनि त्यसकै निरन्तरता हो। उहिले उहिले सत्ययुगमा चामलमा पानी धेर भएपनि, तरकारीमा नुन बढी भएपनि ब्लग लेख्न मन लाग्थ्यो। कसैले ट्विट लेख्दा पनि कसैले फोटो छाप्दा पनि ट्याँस्स ब्लगमा टाँस्न मन लाग्थ्यो। आजकाल त्यस्तो गर्न मन लाग्दैन। किनकी गीत नै छ, चालीस कटेसि रमाउँला। अँ, अहिलेको मुल र नियमित कुरा- र, यो लेखिएको पनि तेस्रो वा चौथोपटक हुनुपर्छ, ईतिहास खोज्दा यही ब्लगमा नि भेटिएला- अब म ब्लग नियमित लेख्छु। लेख्न त लेख्ने तर के लेख्ने? मैले निर्णय गरेको छु- अब सानातिना कुरा नलेख्ने। अब अल्लारे कुरा नलेख्ने। अब बडा गहन कुरा, आदर्शका कुरा, अर्ति दिने कुरा लेख्ने। अब समाज बदल्ने कुरा, संस्कार बदल्ने कुरा लेख्ने। ओशोका जस्ता, सदगुरुका जस्ता, टेड टल्कका वक्ताहरुका जस्ता सफल हुने सुत्रका कुरा, खुशी हुने कुरा लेख्ने। सिधै भनौं न, अब गुरु बन्ने। अब तपाइँहरुलाई अन्धकारबाट उज्यालोतिरको यात्रा गराउने म।