भोक युद्ध !
सफलता सायद अभावमै जन्मिन्छ । भोकले नै सायद रचनात्मक बनाउँछ । जीवनलाई फर्केर हेर्दा याद आउँछ– त्यही चुहिएको घरको छानो, माटोको भुईंमा ओछ्याएको एउटा परालको गुन्द्री, ओढ्नलाई आमाको फाटेको सारी । नांगो शरीरमा गुन्द्रीको डाम छाम्दै रूँदा आमाले गाली गरेको कर्कश आवाज ! ***