पत्रकारिताका सवारी

सेतोपाटी, खबरपाटी, रातोपाटी, कालोपाटी। मिनिबस, सेतो माइक्रो, निलो माइक्रो, सफा टेम्पो भनेजस्तै :D

मिनीबस: सीट संख्या धेरै। ठूल्ठूला लगानीकर्ता। चलाउने ड्राइभर पनि अनुभवी। कण्डक्टर/खलासी पनि बलियो, हट्टाकट्टा, अनुभवी ;-) चक्रपथ परिक्रमा गर्ने मिनीबस के। न त यसलाई कुनै हतार छ, न त तोकेको समयमा नै पुग्नै छ ;-) कहिलेकाहीँ त एउटा स्टेशनमै ड्राइभर खलाँसी सुत्दिनसक्छन्, यात्रुको वास्तै नगरी। यसमा यात्रा गर्ने हो भने टन्न समय लिएर यात्रा गर्नु पर्छ।

[caption id="attachment_167" align="alignright" width="300"]नेपालका पाटीहरू ;-) नेपालका पाटीहरू ;-)[/caption]

यीनीहरूको सिधा सिद्धान्त छ- पुग्नु पर्ने ठाउँ नि थाहा छ तर हरेक स्टेशनमा रोक्ने, यात्रु बटुल्ने, खुट्टै राख्न नमिल्ने बेलासम्म कोच्ने, अनि दौडिने। यसमा चढने यात्रुले थाहै पाउँदैनन् खास भाडा कति हो, अनि यी चल्छन् कसरी? खलाँसी ढोकामा अटेसमटेस गरेर अडिएको हुन्छ तर पनि चलिरहन्छ, ढोकामा हातले ठोक्दै। बस नचढुञ्जेल ढोगौंला झैं र ढोकाबाट भित्र छिरेपछि कुटुम्ला झैं गर्ने यीनीहरूको खास बिशेषता हो :)

सेतो माइक्रो: बाहिरबाट हेर्दा चिटिक्क, भित्र छिर्दा ढोका नि नलाग्ने, खोल्न नि नसकिने ;-) न त रोक्ने निश्चित ठाउँ छ, न त कुदाउने निश्चित समय। १५ जना बोक्ने सीट क्षमता तर चाहना चाहिँ ५० यात्रु चढाउने। न त उभिन सकिन्छ, न त सजिलोसँग बस्न नै। तर विकल्पै छैन, छिटो पुर्‍याउँछन् मिनी बसले भन्दा :) यसलाई चलाउने ड्राइभर र खलासी खासै अनुभवी छैनन्। नयाँ नयाँ, तैपनि भन्छन्- 'यस्ता माइक्रो त कति चलाइयो कति। हुन चाहिँ यीनले चलाएको माइक्रो यही नै पहिलो हो :D यीनको एउटै उद्देश्य छ- ठाउँमा चाँडो पुग, अनि अर्को ट्रिप शुरू गरिहाल। अर्को माइक्रो अगाडि लगेर रोक्यो, अनि उसका यात्रु भडकायो। यीनको कामै अर्काका यात्रु आफ्नातिर तानेर आफ्नो माइक्रो भर्नु हो :P उस्तै परे एकअर्कासँग भिड्न पनि तयार हुन्छन् यिनीहरू। नियम कानुनको फेटा टाउकोमा बाँध्छन् र पैदल यात्रीलाई जेब्राक्रसको नियम सिकाउँछन् यसका ड्राइभर खलाँसी :D

निलो माइक्रो: खै, यीनको त के भनेर बयान गरौं। बज्नुपर्ने बाहेक सबै बज्छ, यानेकी हर्न बज्दैन अरू सबै बज्छ। स्टेरिङ् घुम्दैन, सीट चाहिँ घुम्छ। न त यसका सीट राम्रा छन् न त ढोका नै हुन्छ। यसको आफ्नै रूट त छ तर पनि खास मतलब राख्दैन। ज्ञानेश्वरबाट मैतिदेवी हुँदै गौशाला निस्किने रूट त हो तर यसको मूड अनुसार अनि अर्कोलाई पछि पार्न रातोपुलबाटै सिधै छिर्छ सर्टकर्ट। गाह्रो चाहिँ तब पर्छ जब रातोपुलमै जाममा परेर खोलैखोला फेरि सेतोपुलतिर झर्छ र अर्को भन्दा पछि पर्छ। यसको स्पीड कति हुन्छ भनेर चलाउने ड्राइभरलाई नै थाहा हुँदैन। बाटोमा यात्रुले हात उठाउँदा २० मिटर पर पुगेर रोकिन्छ। त्यतिञ्जेल पछाडिबाट आएकोले यात्रु उठाइसक्छ :P यिनीहरू मौका छोपुवा हुन्। रत्नपार्कबाटै यात्रु भरेर दौडिने बानी हुन्छ यिनीहरूको। एउटा रूटमा यात्रु नपाइने जस्तो लागेमा यिनीहरू तुरून्तै आफ्नो रूट परिवर्तन गरेर यात्रु पाउने रूटतिर कुद्छन् :P

सफा टेम्पो: बडो भलादमी सवारी। आफ्नै रूट, आफ्नै चाल। यात्रु कहिले मारामार, कहिले खाली। तैपनि वास्ता गर्दैन कसैको। टुकटुक गर्दै दौडिइरहन्छ। ग्याँस इन्धनको पैसा उठाउनै मुश्किल हुन्छ सँधै। न त रीस, राग, न त कसैलाई भेट्ने नै प्रतिस्पर्धा। आफ्नै बाटो, आफ्नै चाल। तर कहिलेकाहीं यसले नि कोचाकोच यात्रु बोक्छ। मिनीबस, सेतो माइक्रो वा निलो माइक्रोमा जस्तो यसमा खलासी हुँदैनन्। ड्राइभर एक्लैले मान्छे बोलाउँछन्, भित्रैबाट कराउँछन्, आफैं भाडा उठाउँछन्। चढ्ने यात्रुले नै सोध्नुपर्छ कता जाने र कहाँ रोक्ने भनेर :))

थपिएको: नाम जे जे भनेर राखेपनि नाम अनुसारको पृष्ठभुमि फरक भएन। जस्तो: सेतोपाटीको पृष्ठभुमि सेतै, रातोपाटीको रातै र कालोपाटीको कालै भएको भए कति काइदा हुँदो हो ;-) सेतोपाटीमा काला अक्षर, रातोपाटीमा पहेँला अक्षर र कालोपाटीमा सेता अक्षर :P जता कुरो घुमाए नि खबरपाटी फाइदोमा हुँदो रै'छ, रङ्ग छैन नि त नाममा :D अब यी पाटीबाट उत्साहित हुँदै निकट भविश्यमा सबैबाट चोरचार गरेर समाचार राख्ने 'चोरपाटी' जन्मियो भने अन्यथा लिनु हुँदैन :)

जय होस यी सबै सवारीको ;-)

 

Comments

  1. Nice one; sabbai pati ma euta chij chahi common chha hai, black letters :D

    ReplyDelete
  2. त्यही त नाम अनुसार पाटीको रङग मिलाएको भए त काइदा हुन्थो नि बरू :पी

    ReplyDelete

Post a Comment

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ