सुपारीको छहारी
मरेको पुरानो ब्लगमाथि सौता हाल्ने बेला नयाँ ब्लगको नाम के राख्ने होला भनेर धेरै गम खाइयो। मलाई लेखाईमा थोरै व्यंग्य घुसाउन मन पर्ने। त्यसैले सोचेँ नाम पनि अलि त्यस्तै व्यंगात्मक होस्। मेरो दिमाग क्रियटिभ हैन भन्ने त थाहा थियो तर यति निकम्मा छ भन्ने चाहिँ पहिलोपटक थाहा भयो :) त्यसैले शुरूमा ट्वीटरमा हल्ला गरियो, 'फ्यान्टासी ओभर द ट्रुथ' को नेपाली नाम राख्ने। त्यसको सिंगो नेपाली शब्द 'स्वैरकल्पना' हुँदोरहेछ।
[caption id="attachment_238" align="alignright" width="381"] मेरो ब्लगको आधिकारीक लोगो[/caption]
शुरूमा यही नाम राखेँ। अहँ, जँचेन, सुन्दै अप्ठ्यारो। कतिलाई भन्दै हिँड्ने यो 'स्वैरकल्पना' भनेको के हो भनेर। फेरि सोचें 'भञ्ज्याङ्ग चौतारी' राख्नु पर्यो। यो नामले पनि कता कता लोकगीतको झझल्को दियो। दिमागै खराब भयो। जाबो एउटा ब्लगको नाम समेत राख्न नसक्नेले किन ब्लग बनाउनु पर्ने होला? भन्ने सोच नआएको पनि हैन। तर के गर्नु कहिलेकाहीं औंला चिलाउँछन् र लेख्न मन लाग्छ। गुगल ड्राइभ, ड्रपबक्सहरूमै स्टोर गर्दा नि हुन्थ्यो तर एउटा ब्लग बनाएर भावनाहरू पोखौं झैं लागिहाल्छ। मान्छेको जातै लोभी। लेखेको कुरा अरूलाई सुनाउन पाए हुन्थ्यो, अरूले आफ्नो प्रशंसा गर्दिए हुन्थ्यो जस्तो लाग्ने। आफ्नो कल्पनाशीलता शुन्य दशमलव शून्य शून्य हुँदा नि लेख्न मन लाग्ने थुक्क मेरो शुद्धी।
एउटा नाम राख्यो। बिहान उठ्दा एउटा नाम ठीक लाग्ने बेलुकी त्यही नाम मन नपर्ने। ब्लगले सारै दु:ख पायो, छिनछिनमै परिवर्तन भएर। सक्ने भए मेरो ब्लगले मलाई खाल्डो खनेर जिउँदै पुर्ने थियो अहिलेसम्ममा। नामको चक्करमा दुई चार दिन 'अलपत्रकार' भन्ने नाम राखेँ। यो नाम पनि खै के नमिलेको के नमिलेको जस्तो लाग्यो। एकदिन फ्याट्ट शरदचन्द्र वस्तीज्यूले लेख्नुभएको 'हाम्रो भाषा' भन्ने पुस्तक फेला पर्यो। पुस्तकको बिषयसूचिमा एउटा शब्द फेला पर्यो, 'सुपारीको छहारी'। वाह ! क्या नाम भेटियो भने नि :P यो भन्दा व्यंग्यात्मक नाम अरू के हुन सक्ला त ! 'हाम्रो भाषा' पुस्तकको तेस्रो संस्करणको पृष्ठ संख्या २० मा एउटा शीर्षक छ 'सुपारीको छहारी।' पुस्तकमा लेखिएको छ, 'झ्याम्म परेका रूखमुनिको छाया वा ओझेललाई मात्र छहारी भनिन्छ। सुपारीको छहारी हुँदैन, शीतल छहारी हुने त झन कुरै आएन।' मलाई यो नाम मन पर्यो र ब्लगको नाम राखें। यो नाम फेरिन चाहिँ मेरो दिमाग कल्पनाशील र विचारशील हुन जरूरी छ जुन मैले यो जन्ममा सम्भव देखेको छुइनँ, अर्को जन्मको ग्यारेण्टी गर्न म भगवान हैन।
निकम्मा दिमाग भएको तँ जस्तो नालायककालागि लोगोचाहिँ कस्ले बनाइदियो नि? भन्नुहोला भन्ने डर छ फेरि :P तर फेरि तपाईंहरूलाई पनि थाहा छ नि ईन्टरनेटमा सिंत्तैमा लोगो बनाउने सफ्टवेयरहरू नि पाइन्छन् भनेर । भो म लेख्दिनँ। अँ, लेख्दिनँ भन्दाभन्दै पनि यो पोष्ट लेख्नको कारण चाहिँ 'शरदचन्द्र वस्ती'सरलाई धन्यवाद दिनका लागि हो है। ब्लगको नाम जुराइदिनुभएकोमा।
यो नामको चुनौतिका बारे त सबैलाई थाहा होला नि ! शरदचन्द्र वस्ती सरको नाम जोडिएको छ। नेपाली भाषाले मेरो कल्याण गरोस्।

dami chha ho bro
ReplyDeleteधन्यवाद :)
ReplyDelete