नेक्सस् ५ सँगका तीन महिना (फोटो ब्लग)

म व्यवसायिक फोटोग्राफर होइन। मसँग DSLR क्यामेरा पनि छैन, अनि फोटो खिच्नको सोखिन पनि हैन। तर कहिलेकाहीं सँगै भएका साथीहरूले फोटो खिच्न थालेपछि साथमा रहेको मोबाइल निकालेर जानिनजानी क्लिक गर्छु। अनि त्यही यताउता डुल्दा, मन नलागि नलागि खिचेका केही फोटाहरू यता राखेको मात्र हो। यी फोटा मलाई राम्रा लागेका हुन्, यी फोटा 'स्टोरी टेलिङ'का आधारमा हेर्दा सायद मृत पनि हुनसक्छन्। यसमा मैले केही बोल्नु ठीक नहोला :)

[caption id="attachment_433" align="alignnone" width="600"]सूर्यास्तको समयको पशुपतिनाथ मन्दिर परिसर सूर्यास्तको समयको पशुपतिनाथ मन्दिर परिसर[/caption]

फ्रेमिङ्, लाइटिङ्, फोकसजस्ता कुरा मिलाउनुपर्दा सारै दिक्क लाग्छ। मोबाइलबाट अन्दाधुन्ध खिचिक्क खिचिक्क पार्दा पनि कहिलेकाहीँ चाहिँ राम्रा फोटा निस्किँदा रहेछन्। नेक्सस ५ बोकेको शुरूशुरूका दिन। क्यामेरा चलाउन सिक्दा कागे लागेको हो यो चाहिँ :D

[caption id="attachment_434" align="alignnone" width="600"]पशुपति मन्दिर परिसरमा रहेका शिवलिंग पशुपति मन्दिर परिसरमा रहेका शिवलिंग[/caption]

यी फोटा म राम्रो फोटोग्राफर भएर भएर वा मसँग फोटोग्राफीको राम्रो ज्ञान भएर भन्दा पनि दृश्य नै सुन्दर भएर हो अनि त्यसमा केही थपथाप यही मोबाइलको योगदान छ। यो शिवलिंगको फोटो खिच्ने खास मन थिएन, यादै गरेको थिइनँ। पशुपतिनाथ गएकोबेला एकजना DSLR बोकेर बडो मेहनतले यसको फोटो खिच्दै थिए। यो गज्जपै चिज र'छ क्यार भनेर मैले नि एकसट खिचेँ तर मलाई यो फोटो पटक्कै चित्त बुझेन।

[caption id="attachment_435" align="alignnone" width="600"]भक्तपुरको न्यातपोल मन्दिर भक्तपुरको न्यातपोल मन्दिर[/caption]

एकदिन साथीहरू जनक, ईशलगायतसँग भक्तपूर दरबार स्क्वायर घुम्न जाँदा क्यामेरा ३६० मा HDR इफेक्ट प्रयोग गरेर खिचेको फोटो हो यो। फोटोग्राफर दाजु विकास कार्कीले फ्रेमिङ राम्रो छ तर इफेक्ट बढी भो भन्नुभयो। मैले थपथाप गर्‍या हैन क्यारे ;-)

[caption id="attachment_436" align="alignnone" width="600"]डिल्लीबजार कालिकास्थान भित्रको गल्ली डिल्लीबजार कालिकास्थान भित्रको गल्ली[/caption]

डिल्लीबजार कालिकास्थानबाट आप्का हाउसतिर निस्किन एउटा गल्ली छ। दुईजना मुश्किलले छिर्न सकिने यो गल्ली खुबै हिँडियो। एकदिन अनायसै दिमागमा आयो, गल्लीको एकछेउमा बसेर क्लिक गरेर हेरौं न त भन्या राम्रै पो फोटो आयो :P

[caption id="attachment_437" align="alignnone" width="600"]नगरकोटबाट साँझको समयमा देखिएको आकाश नगरकोटबाट साँझको समयमा देखिएको आकाश[/caption]

नगरकोट हाइकिङमा ककनीको भात खाएर फर्किँदै गर्दा आकाश सुन्दर देखिएको थियो। मोबाइलमा रहेको क्यामेरा ३६० को HDR इफेक्ट हालेर क्लिक गरेको यो।

[caption id="attachment_438" align="alignnone" width="600"]दरबारमार्गस्थित एकघरको शीशामा देखिएको बादलको छायाँ दरबारमार्गस्थित एकघरको शीशामा देखिएको बादलको छायाँ[/caption]

यो चाहिँ अफिसको कुर्सीमा बस्दाबस्दा अल्छी लागेर यसो बरण्डामा निस्केको, पारिपट्टि घरमा बादल देखियो। क्यामेरा निकालेर यसो फोकस मिलाउँदै क्लिक गरेको यस्तो देखियो।

[caption id="attachment_439" align="alignnone" width="600"]संकटा मन्दिरमा बल्दै गरेको दीयो संकटा मन्दिरमा बल्दै गरेको दीयो[/caption]

[caption id="attachment_440" align="alignnone" width="600"]संकटा मन्दिरमा बल्दै गरेको दीयो संकटा मन्दिरमा बल्दै गरेको दीयो[/caption]

[caption id="attachment_441" align="alignnone" width="600"]कपनको एकघरको छतबाट खिचिएको काठमाडौंको आकाशको ३६० डिग्री पानोरमा कपनको एकघरको छतबाट खिचिएको काठमाडौंको आकाशको ३६० डिग्री पानोरमा[/caption]

यो पानोरमा सम्पादित हो। गुगल क्यामेरामा रहेको पानोरमा प्रयोग गरेर ३६० डिग्री सट खिचेपछि ग्यालरीमा भएको फोटोको तल एउटा Tiny Planet भन्ने अप्सन रै'छ। त्यसमा यसो छोइदिएको फोटो यस्तो भयो ;-)

[caption id="attachment_442" align="alignnone" width="600"]सूर्यास्तको समयमा वसन्तपुरदरबार स्क्वायर सूर्यास्तको समयमा वसन्तपुरदरबार स्क्वायर[/caption]

ईश र जनकसँग हिँड्नुपर्छ, केही देख्यो कि मोबाइल निकालेर जमिहाल्ने। हो पो र'छ कि क्याहो भनेर मैले नि यसो एकदुई क्लिक हान्देको हिजो साँझ वसन्तपुरमा :P

[caption id="attachment_443" align="alignnone" width="600"]सूर्यास्तको समयमा वसन्तपुरदरबार स्क्वायर सूर्यास्तको समयमा वसन्तपुरदरबार स्क्वायर[/caption]

त्रुत् ! क्यामेरा ठाडो हैन के लेण्डस्केपमा राखेर खिच् भनेर जनकले गाली गरेपछि मैले त्यसै गरेँ :)

[caption id="attachment_444" align="alignnone" width="700"]भक्तपुर दरबार स्क्वायर- पानोरमा भक्तपुर दरबार स्क्वायर- पानोरमा[/caption]

यो चाहिँ भक्तपुरमा पानोरमा खिच्नुपर्‍यो ३६० डिग्री भनेर क्लिक गरेको, घुम्दै जाँदा थाहा भयो एकापट्टि त म भित्तामै टाँसिएको रै'छु :D

अँ, अनि अर्को कुरा, यी फोटालाई फोटोसपमा राखेर निखारेर यहाँ राखिएको होइन। खासमा मलाई फोटोसप चलाउनै आउँदैन। मोबाइल क्यामेराले जे जे सुविधा दिएको छ त्यो चाहिँ जानिनजानि प्रयोग गरिएको छ।

 

Comments

  1. Tyo mathi ko picture haru kalatmak Chan, Tara picture haru dull chan. Alik adyro tasbir haru ma noise dherai chan, picture haru ma DSLR jysto sharpness ra color accuracy chain. So, Mero bichar ma kalatmak photo kichna DSLR chaindain, but ramro picture ko lagi DSLR nai chaincha. Bidambana, kati sanga kala chha DSLR chaina, kati sanga DSLR chha kala chaina.

    ReplyDelete
  2. धन्यवाद। तपाइँको कुरा सही हो, DSLR को जस्तो sharpness मोबाइल फोटोग्राफीमा पाउन गाह्रै छ तर अब झन् कोशिश गर्न मन लाग्यो :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ