अव्यक्त प्रेमकथा
'एउटा कुरा थाहा छ? हाम्रा बा र दाजु कटारी जाने रे आज।'
गाग्री धारामा थापेपछि मजेत्रोले मुख पुछ्दै निर्मलीले भनी। उसको अनुहार खुशीले फक्रियो। मजेत्रो फनक्क घुमाई र थपी, 'भरेदेखि त गोठमा म बस्छु। आमा बिरामी छिन्।'
गोलो चटक्क मिलेको गहुँगोरो अनुहार। निलो फ्रक र खैरो बुट्टे सर्ट त्यसमाथि रातो मजेत्रो। शिखर यात्रामा निस्किन तयार भएका जस्ता बक्षस्थल। खुट्टामा हात्तीछाप चप्पल। अनुहारको चमकलाई खप्लक्कै खाउँला झैं गरेर पटपटी फूटेका खुट्टा। उसको शरीरमा एकसर्को आँखा दौडाएँ। उसको आँखीभौं खुशीले नाचिरहेका थिए। मैले दायाँबायाँ हेरेँ। धारा छेउछाउ निर्मली बाहेक कोही थिएनन्।
म १७ बर्षमा हिँड्दै थिएँ। उसको उमेर पनि त्यही १५/१६ हुँदो हो। मुस्कान देख्दै काउँकुती लाग्ने उमेर। तर उ मलाई तिमी भन्थी अनि म चाहिँ तँ। मभन्दा धेरै होची तर सलक्क परेको जिउ। त्यसैपनि १५/१६ बर्षको उमेर शरीरका अंगहरू हलक्क बढ्ने उमेर। शारिरीक विकाससँगै बढ्ने कौतुहलता। त्यही कौतुहलताले होला सायद बिहानै धारामा मुख धुन जाँदा उसले बाउ र दाजु कटारी जान्छन् भनेर खुल्ला निम्तो दिएकी थिई। उसको निम्तो मेरो लागि सुखद वा दुखद छुट्याउन गाह्रो पर्यो मलाई।
गाउँबाट नुन, तेलजस्ता सामान किन्न दुई महिना तीन महिनामा कटारी जाने गर्थे। उदयपुरको कटारी पुगेर नुन लिएर गाउँ पुग्न ५ दिन लाग्थ्यो। ढाकरमा ५ दिनको लागि पुग्ने सामल, मसला, पकाउने भाँडा, ओढ्ने ओछ्याउने बोकेर जानुपर्थ्यो। कोही अर्काको लागि भारी बोक्न जान्थे, कोही आफ्नै घरको लागि सामान किन्न। तर हिउँद महिना कटारी जानेको लस्कर लाग्थ्यो।
उसको निम्तोलाई खासै वास्ता नगरी म ब्रस गरिरहेको थिएँ। गाग्री भरिन लाग्दा उसले सोधी, 'तिमी रामपुर कहिले जाने?'
रामपुर हाम्रो गाउँबाट दुईघण्टा परको गाउँ। हाम्रो गाउँमा हाइस्कूल थिएन। ७ कक्षासम्म गाउँकै स्कूल पढेपछि ८ देखि रामपुर जानुपर्थ्यो। तर म चाहिँ ६ कक्षादेखि नै रामपुर गएको थिएँ। दाजु, दिदीहरू सबै रामपुरमा हाइस्कूल पढ्थे। उनीहरूका पछिपछि लागेर मपनि त्यतै गएँ। स्कूल पढ्दा रामपुरमै डेरा गरेर बसिन्थ्यो। हरेक शुक्रबार मात्र घर फर्किन्थिउँ। उसलाई बाउ र दाजु कटारी जाने खुशीभन्दा पनि म रामपुर जाने चिन्ता बढी थियो सायद। मैले मुखबाट ब्रस निकाल्दै, 'स्कूल जाडो बिदा भैसक्यो।'
जवाफमा उसको बोली निस्किएन। आँखाले नै सबैकुरा बोले। उसले गाग्री उठाई, काखीमा च्यापी र मतिर फर्केर नजाँनिदो पाराले मुसुक्क हाँसी। म सँगै मुस्काएँ। उ पानी बोकेर हिँडी। मेरा आँखा उसलाई पछ्याइरहेका थिए। धारो मास्तिरको चौतारो उक्लेपछि उसले फेरि फर्केर हेरी र पुन: अगाडि बढी। मैले भनेँ, 'निर्मली, म पनि कटारी जान लागेको।'
निर्मली टक्क अडिई। काखीको गाग्री मिलाई। मलाई गिद्धे आँखाले हेरी, 'चुच्चे काठो ! बाँसजस्तो ज्यान ले'र नुन बोक्न जान्छ रे। उतै मर। भोलेलाई बोलाउँछु साथी।' निर्मली अगाडि गई र ओझेल परी।
****
निर्मलीका बाउ लुगा सिउने काम गर्थे। दाजुले लुगा सिउन जानेका थिएनन्। दाजुचाहिँ कहिलेकाहीँ स्कूल जान्थे। निर्मली चाहिँ सँधै स्कूल जान्थी। उ भर्खर ६ कक्षामा पढ्दै थिई। म ९ मा। उ कथित तल्लो जातकी केटी। म कथित उच्च घरानियाँ बाहुनको छोरो। हाम्रो मुश्किलले ४० मुरी धान फल्थ्यो उसको ६० मुरी। तैपनि समाजमा उ गरिब, म धनी।
हाम्रो माथ्लोबारी (घरभन्दा माथि भएकाले हामी माथ्लोबारी भन्थ्यौं) र उसको घर सँगै थियो। हाम्रो सार्वजनिक धारो एउटै। बेसीँको खेतपनि नजिकै थियो। हिउँद महिनामा प्राय: सबैले गाइवस्तु बाँध्थे। खेतमै चित्राको गोठ बनाउँथे र गोठमै बस्थे, एकजना दुईजना।
प्राय: केटाहरू हुन्थे गोठमा बस्ने। हाम्रो एउटा छुट्टै समुह थियो। बदमासहरूको राजा। राती १०/११ बजेसम्म मोजाले बनाएको भकुण्डोको फुटबल खेल्ने। जब सबै सुत्थे अनि हाम्रो हर्कत शुरू हुन्थ्यो। गाउँमा कस्को घरमा लैनो भैंसी छ। दूध दुएर ढुंग्रो कसले कहाँ झुण्ड्याउँछ, सब थाहा हुन्थ्यो। अनि टोली खटिन्थ्यो दूध चोर्ने। एउटा समूहले एउटा बाल्टिन बोकेर दूध चोर्न हिँड्थ्यौं र राती खीर पकाएर खान्थ्यौं। कसले चोर्यो भन्ने थाहा नहोस् भनेर हामी आफ्नै गोठबाट पनि दूध चोर्थ्यौं र बिहानै दूध चोरी भयो भनेर आफै डंका पिटथ्यौं।
**** ****
निर्मलीले भनेको काठो शब्दलेभन्दा पनि म निर्मलीसँग जिस्केको कसैले थाहा पाउँदा आउने परिणामबाट म शिथिल थिएँ। उता बिहानै उसले दिएको निम्तो। म धाराबाट घर आएँ। खाजा खाएँ र बेसीँ झरेँ। गाउँमा निर्मलीको घर मेरो घरभन्दा माथि थियो तर बेसीँमा हाम्रो बेसीँघरभन्दा उसको तल। म बेसीँघरमा खोले पकाउँदै गोबरका थाप्रा टिप्दै थिएँ। बिहानकै कपडा र उस्तै खुशी साथ निर्मली बाटोमा उभ्भिरहेकी थिई।
'काठा ! कटारी मरेनछौ त !' निर्मलीले हाँस्दै भनी।
'लिलेसँग ढाकर मागेको थिएँ, लिले आफै कटारी गयो। कस्को ढाकर ले'र जानु नि !' मैले एकपटक फेरि झुट बोलेँ।
निर्मलीले झुट बोलेको पत्ता लगाई सायद, लोठ लेप्र्याउँदै भनी, 'मैले माइली मुखिनीलाई सोधेकी थेँ, ढाँट्छौ काठा?'
उनीहरूको जातका सबै मान्छेहरू हामीलाई मुखिया मुखिनी भनेर बोलाउँथे। हाम्रोभन्दा धेरै जग्गा, हाम्रोभन्दा धेरै आम्दानी, तर हाम्रोभन्दा कम इज्जत, हाम्रोभन्दा कम मान, हाम्रोभन्दा कम प्रतिष्ठा। निर्मलीकै जातका मान्छेहरू बीचमा निर्मलीका बाउ जमिन्दार थिए। खान लाउन धौ धौ हुने दमाइँ, कामी र मगरहरूको बस्तीमा खान्दानी ठानिएका हामीभन्दा धनी थिए निर्मलीका बाउ। त्यसैले अधिकांश दमाइ, कामीहरूसँग उनको बोलचाल थिएन।
निर्मलीले आमालाई मेरो बारेमा सोधिछे भनेर मलाई झन् चिन्ता पर्यो। अझ भनौं रीस उठ्यो। मैले निर्मलीलाई हकार्दै भनेँ, 'बहुलाइस्? आमालाई के भनेर सोधिस्?' निर्मलीले मैले बिहान ढाँटेको बदला लिँदै थिई मसँग। उ त झन् खितितितत हाँस्न थाली। अनि हिँड्दै भनी, 'कान्छासँग काम थियो, कता गएछन् माइली मुखिनी? भनेर सोधेँ।'
मेरो रीसको पारो तातेर आयो। मैले हातमा उठाइरहेको गोबरको थाप्रो निर्मलीतिर हुर्याएँ। निर्मली दौडिँदै भागी।
**** ****
बेलुकी ७ बजेतिर म घरमा खाना खाएर आमालाई गोठमा सुत्न जान्छु भनेर निस्किन खोज्दै थिएँ। बुबाले भन्नु भो, 'पर्दैन, म जान्छु गोठ।' म त्यसैपनि बुबासँग दोहोरो कुरा गर्न डराउने। तैपनि निर्मलीको निम्तोको बलमा सानो स्वरमा भनेँ, 'घरमै सुते भइगो नि, चिसोमा।' जवाफको प्रतीक्षा नगरी म बत्तिएँ। हातमा टर्च लाइट बोकेर हान्निएँ बेसीँ। बाटोमा के सोचेँ पनि थाहा छैन।
एकैचोटी काकाले 'के हो केटा, आज बुबालाई जितिछस् त' भन्दा पो थाहा पाएँ म त गोठमा आइपुगेछु। 'अँ...' मात्र भनेँ। भैसींका किला दाम्ला जाँच गरे झैँ आँखा दौडाएँ निर्मलीका गोठतिर। निर्मलीका गोठमा आगो बलिरहेको थियो। म चुपचाप गोठमा छिरेँ, आगो सल्काएँ। काका तल्लो गह्रामा भैसींलाई पराल दिँदै हुनुहुन्थ्यो। 'म त सुतेँ है काका' भनेर सुते झैं गरेँ।
मन उता निर्मलीको गोठमा, आँखामा नीद आओस् कसरी ! काका सुत्नु भयो कि भनेर उठेर गोठतिर हेरेँ, बत्ती बलेको थिएन। उता निर्मलीको गोठमा आगोको भुंग्रो मधुरो देखिँदै थियो। म गोठबाट उठेँ। पछाडिपट्टि खोला थियो। बर्षायाममा बाहेक पानी नहुने खहरे। म खोलातिर लागेँ। पछाडिबाट जाँदा काकाले देख्नुहुन्न भन्ने पनि थियो। जुनेली रात। म लुक्दैलुक्दै निर्मलीको गोठमा पुगेँ। निर्मली कालो कम्बल ओढेर मस्त निदाएकी थिई।
जूनको प्रकाशको उज्यालोमा मैले निर्मलीको अनुहार हेरेँ। उ धपक्कै बलेकी थिई। उसको छेउमा गएर बसेँ। म बस्दा पराल सर्याकसुरूक गर्यो। निर्मली चलमलाई। म पछाडि हटेँ।
अब के गर्ने? निर्मलीलाई बोलाउँ? या चुपचाप कम्बलभित्र हात घुसारौं? या आफै कम्बलभित्र छिरौं? ज्यान लगलग काम्न थाल्यो। के गरौं र कसो गरौं भयो। मनमा अनेक तर्कना आउन थाले। कसैले देख्यो भने के होला? निर्मली कथित तल्लो जात, एउटा दमाइकी छोरी अनि म गाउँभरीकै इज्जतदार र खान्दानी बाहुनको छोरो। निर्मलीले पनि केही नभन्ली तर मैले हात घुसाउँदा वा बोलाउँदा तर्सेर कराई भने?
निर्मलीको गोठ मास्तिर घनेबाउको गोठ। घनेबाउ गोठमा भाका हाल्दै सुतेका थिए। आफूलाई यता छटपटी। एकातिर निर्मलीको झलझल बलेको अनुहार अनि कलकलाउँदो शरीर, अर्कोतिर जातको डोरी। के चुँडाउने के बाँध्ने?
परेको बेहोरिन्छ, आँटेपछि आँट्यो भन्ने लाग्यो एकमन। मैले बिस्तारै निर्मलीको खुट्टातिर हात छिराएँ। हात त के पुरै जिउ थररर कामेको थियो। म निर्मलीको अनुहारमा एकटकले हेरिरहेको थिएँ। मेरा हातले उसको खुट्टामा स्पर्श गर्ने बित्तिकै झसंग तर्सी निर्मली। हातको चिसोले होला। उसले आँखा खोली।
अब निर्मली कराई भन्ने पक्का भएर म भाग्ने पोजिसनमा पुगिसकेको थिएँ। तर निर्मली कराइन। बरू मुसुक्क हाँसी सँधै झैं र भनी, 'लाज नभ'को काठो। दमिनीका ओछ्यान ओछ्यान हिँड्छ रातिराति। डर लाग्दैन?'
मेरो ओठ कामिरहेका थिए। मेरो बोली नै फुटेन। मैले एकटक निर्मलीको अनुहारमा हेरिरहेँ। 'के हेरेको काठा? बाहुनको छोरो भएर दमिनीलाई समाउन लाज लाग्दैन? भित्र्याउन सक्छौ?'
मैले निर्मलीको खुट्टाबाट हात हटाएँ। निर्मली उसैगरी खितखिताइरहेकी थिई। तर मलाई यो हाँसो मन परेन। उसको हाँसोले मलाई गिज्याएजस्तो लाग्यो। उसको हाँसो मलाई कपटपूर्ण लाग्यो। यो त्यही हाँसो हो जुन उ बिहान हाँसेकी थिई। तर बिहानको हाँसो निष्कपट, स्वच्छन्द, नशालु र यो हाँसो उन्मत्त, कपटपूर्ण, चसक्क मुटु घोचेजस्तो भयो। म अवाक भएँ।
निर्मलीको 'भित्र्याउन सक्छौ?' भन्ने प्रश्नको जवाफ थिएन मसँग। मैले बोल्ने शब्द नै थिएन। म जुरूक्क उठेँ। निर्मली पनि उठी। उ उसैगरी मुस्काइरहेकी थिई। मैले उसको अनुहार एकपटक फेरि हेरेँ। उसमा कुनै परिवर्तन थिएन। म बत्तासिएर खोलैखोला आफ्नो गोठ पुगेँ। रातभरी छटपटी भयो। सुत्नै सकिनँ।
**** ****
आमा भात पकाइरहनुभएको थियो। म अगेनाको छेउमा दाउरा चलाउँदै बसिरहेको थिएँ। 'माइली मुखिनी?' बाहिर ढोकामा निर्मलीकी आमा। मेरो अनुहार कालोनिलो भयो। खतराको संकेत। म चुपचाप बसेँ। मेरो अनुहारमा सकेसम्म उस्तै भाव देखाउने प्रयास गरेँ।
'कान्छा घरमा छन्?'
म चुपचाप अँगेनोको आगोका लप्काहरू हेरिरहेको थिएँ। आमाले मेरो अनुहारमा हेर्नुभयो। सायद उहाँले मेरो अनुहार पढिसक्नुभएको थियो। आमाले झुट बोल्नु भो, 'छैन, बिहान बेसीँबाट आएर खै कता गाउँ गुम्न गयो। किन? के काम पर्यो र कान्छासँग?'
'कान्छाले निर्मलीलाई समाएछन्। बिहान बेसीँबाट आउँदा धारापानीमा बाटो छेकेर समाएका रे। अब गाउँमा के कुरा गर्नु भनेर म त कान्छालाई नै सोधौं भनेर आएकी।' मेरो सात्तोपुत्लो उँड्यो। मलाई वान्ता होला जस्तो भयो। म गुन्द्रीमा पछारिएँ। आमाको अनुहार हेर्नै सकिनँ। मेरोभन्दा बढी मलाई आमाको माया लाग्यो।
'म कान्छालाई सोध्छु। अहिले कसैलाई केही नभन। निर्मलीलाई नि सम्झाऊ।' आमाले त्यत्ति भन्नु भयो। म जस्केलोबाट खुसुक्क बाहिर निस्केँ। अर्को घरमा छिरेँ। किताबहरू झोलामा हालेँ र फेरि जस्केलाबाट छिरेर आमा अगाडि गएँ। आमालाई बिस्तारै भनेँ, 'म मावल ग'को।'
**** ****
स्कूल खुलिसकेको थियो। म मावल बसेको १५ दिन भैसकेको थियो। मावल स्कूलबाट ४५ मिनेटको पैदल दुरीमा थियो। घरमा के भयो होला भन्ने थाहा थिएन। घर जाउँ कि नजाउँ भैरहेको थियो। तैपनि घर गएँ। निर्मलीको खबर सोध्ने हिम्मत पनि थिएन। आमासँग त सिधा आँखाले हेर्नै सकेको थिइनँ। तर आमामा केही परिवर्तन थिएन।
बिहानै धारामा मुख धुन गएँ। आधाघण्टा धारैमा बस्दा पनि निर्मली आइन। छटपटी भयो। कसलाई सोधौं निर्मलीका बारेमा? उसको घर जान हिम्मत थिएन। चुपचाप घर फर्केँ। चिया खाएर दमाइ गाउँतिर लागेँ। सबैसँग हालखबर सोधेँ। कसैले निर्मलीका कुरा गरेनन् न त मैले नै सोध्ने हिम्मत गरेँ।
काकाको घर गएँ। काकीले चिया पकाएर दिनु भयो। एकमन त काकीलाई निर्मलीका बारे सोधौं कि जस्तो पनि भयो। तर हिम्मत आएन। म निस्किने बेलामा काकीले सोध्नुभो, 'कान्छा भोलेको केही खबर आएछ?' प्रश्नले म दोधारमा परेँ। के भयो भोलेलाई? काकीलाई सोधेँ, 'किन? के भयो र भोलेलाई?'
'लौ तँलाई थाहा छैन? भोले र निर्मली भागेको ७ दिन भैसक्यो। कहाँ गए भेटिएकै छैन रे !'
'ए, हो र!' मेरो मुखबाट त्यत्ति मात्र निस्कियो।

डरछेरुवा काठो ! बद्मासी नि गर्ने, भागेर नि लापत्ता हुनी । हुतिहारै रैचन् । पी:
ReplyDeleteखिखिखि, ज्यान बचे कथा कति लेखिन्छन् भनेर भाग्या हो खासाँ :D
ReplyDelete