भाडा कति हो हजुर !
काठमाडौंमा सार्वजनिक यातायातमा हिँड्नेहरू सबैका आफ्ना कथा छन्, आफ्नै व्यथा छन्। आफ्नै सवारी हुनेका पनि होलान् कथा त। तर आफूलाई त्यसको अनुभव छैन क्यारे ! जे भएपनि आफ्नै सवारी हुनेलाई सार्वजनिक सवारी चढनेहरूलाईभन्दा सुखै हुन्छ। आफ्नो सवारी हुनेको तेल खर्चभन्दा सार्वजनिक सवारी चढनेको कम खर्च हुन्छ भन्ने पनि लाग्दैन, किनकी सार्वजनिक सवारीमा भाडाको एकरूपता पनि छैन।
काठमाडौंमा चल्ने सिटी बस, माइक्रो, सफा टेम्पो हरेकमा फरकफरक भाडा तिर्नुपर्छ। यसका बाबजुद पनि केही राम्रा बसहरू पनि छन्, जसमा भाडाको एकरूपता पाइन्छ। सबैभन्दा बढी बेथिति त चक्रपथ परिक्रमा गर्ने बसहरू छन्, जहाँ हरेक बसपिच्छे फरकफरक भाडा तिर्नुपर्छ। फेरि हरेक मान्छे हरेक सवारीको ‘स्टाफ’सँग भाडादर माग्न पनि सक्दैन।
आफू त त्यसैपनि अलि महँगै गाडी चढ्ने मान्छे। १ डेढलाख पर्ने मोटरसाइकल चढ्न मन लाग्दैन। कारले तान्न सक्दैन। त्यसैले सार्वजनिक यातायात नै सबैभन्दा मन पर्ने साधन हो यात्रा गर्न। मेरो अनुभवमा त जसले काठमाडौंका सार्वजनिक यातायातमा यात्रा गरेन त्यसले काठमाडौं भित्र रहेको सिंगो देश देखेन। काठमाडौंमा बसेर देश र देशबासी हेर्नुछ भने सार्वजनिक यातायातमै यात्रा गर्नुपर्छ। कार, मोटरसाइकलमा हैन।
अस्ति भर्खर माइक्रोबसमा एकजना अधबैंसे मान्छे भेटिए। धर्म र कर्मको बारेमा अर्का एक बृद्धसँग उनको सम्वादमा बडो घतलाग्दो कुरा गरे उनले। राम्रो र नराम्रो कामको फल मरेपछि हैन बाँचुञ्जेलमै पाइन्छ भन्ने तर्क थियो उनको। भर्खरै सम्पन्न निर्वाचन परिणामका बारेमा बताउँदै उनले भनेका थिए, ‘प्रचण्डले एमाओवादी बाघ हो भन्थे तर स्याल रहेछन्। जनताले पनि बाघै पो हो कि भनेर यसो छाला सुम्सुयाए तर छाला त खुलुत्तै खस्यो अनि असली स्याल बाहिर आयो।‘
अझ अर्को सफा टेम्पोका चालक थिए, त्यस्तै ५०-५५ उमेरका। उनको बाबुराम भट्टराई मोह पनि रोचक थियो। उनले भने, ‘कम काम गरे त भट्टराईले। खुमबहादुर खडकालाई भ्रष्टाचारमा जेल हाले र उबाट पैसा असुलेर काठमाडौंका सडक बढाए।‘
सुदूरपश्चिमको भोकमरी, सुदूरपूर्वको खडेरी, तराईको धानमा लाग्ने गोब्रे किरो, हिमालको आलुमा लाग्ने रोग, सबैको एकमुष्ट जानकारी काठमाडौंमै बसेर पाउनु छ भने सार्वजनिक यातायात राम्रो विकल्प हो। म त भन्छु, योजना आयोगका कर्मचारीहरू, देशको नीति नियम तर्जुमा गर्नेहरू गाउँ गाउँ जान सक्दैनन् भने पनि कम्तिमा साताको एकदिन सार्वजनिक यातायातमा यात्रा गरून्।
अँ, म सार्वजनिक यातायातको भाडादरको कुरा गर्दै थिएँ। म विगत १ डेढ महिनादेखि एउटै रूटबाट यात्रा गरिरहेको छु। यो डेढ महिनामा मैले अहिलेसम्म म हिँड्ने रूटको भाडा कति हो भनेर ठ्याक्कै थाहा पाउन सकेको छैन।
एकदिन सुकेधाराबाट गैह्रीगाउँसम्म आउन भक्तपुर-नयाँबसपार्क चल्ने मध्यपुर यातायात चढेँ। २० रूपियाँ निकालेर दिएँ। खलासीले ५ रूपियाँ फिर्ता दियो। यो मेरो पहिलो दिन थियो। सोचेँ, भाडा १५ रूपियाँ रहेछ।
भोलिपल्ट त्यही ठाउँबाट उही ठाउँ आउन चक्रपथमा चल्ने सादा यातायात चढेँ। २० रूपियाँ दिँदा फिर्ता दिएन। मैले एकछिन झगडा नै गरेँ भाडा २० रूपियाँ हो भनेर। मैले मानिनँ। खलासीले भाडा ‘लिस्ट’ नै देखायो। त्यसमा २० रूपियाँ नै लेखेको थियो। लिस्टमै त्यति भएपछि झगडा गर्न मिलेन। यातायात व्यवसायी महासंघको छाप लागेको ‘लिस्ट’ नै थियो त्यो।
अर्कोदिन त्यही रूटमा नयाँबसपार्क-पुरानो बसपार्क चल्ने मध्यउपत्यका चढेँ। मध्यउपत्यका चढेपछि नयाँ भाडादर थाहा पाइयो। मेरो यात्राको भाडा १८ रूपियाँ पर्दोरहेछ। तीनवटा यातायातमा उही दूरीको यात्रा गर्न तीनैथरी भाडादर? साह्रै ‘कन्फ्यूज’ भयो जिन्दगी। दिनैपिच्छे हिँड्नुपर्ने रूटको भाडा थाहा भएन। हरेक दिन, बसपिच्छे फरकफरक भाडा तिर्नुपर्ने। हरेकदिन झगडा गर्न पनि साध्य नचल्ने। (यो बेलाचाहिँ नक्कली भएपनि विद्यार्थी कार्ड चाहिने रै’छ भन्ने लाग्यो, किनकी विद्यार्थीका लागि यो दूरी मात्र १० रूपियाँको हो, जुन यातायात चढेपनि।)
तीनथरी बसको भाडादर त थाहा भयो। अब माइक्रोको भाडा थाहा पाउनु पर्यो भनेर शुरू गरियो माइक्रोबस चढन। चक्रपथ परिक्रमा गर्ने माइक्रोको ताल नि उही रै’छ। हरेक माइक्रोमा फरकफरक भाडा। कुनैमा २०, कुनैमा १८, कुनैमा १५ रूपियाँ। अत्ति भएपछि आजकाल म बाठो भा’को छु। जुनसुकै माइक्रो, जुनसुकै बस चढे पनि २० रूपियाँ तिर्ने खुरूखुरू ओर्लिने।
तैपनि मनमा अझै पनि यो दुरीको लागि निश्चित भाडादर कति हो भनेर जान्ने उत्सुकता चाहिँ बाँकी नै थियो। एकदिन मैतिदेवीबाट साँझ ८ बजेतिर कपन जान निस्केँ। टेम्पो चढेँ महांकालसम्म जाने। टेम्पो चालक काभ्रेका रहेछन्। दुईबर्ष कतार बसेर फर्किएका। उनी टेम्पो महांकालको ग्यारेजमा राख्दा रहेछन्। बसाइ चाहिँ कपन।
उनले म कपन जाने भनेपछि सँगै जान आग्रह गरे। मैले ‘नाइँ’ भनिनँ। टेम्पो ग्यारेजमा थन्क्याएपछि उनलाई सोधेँ, ‘दाइ, यी हरेक बस, माइक्रोबस, टेम्पोहरूले किन मनपरी भाडा लिन्छन्?’ उनले हाँसेर जवाफ दिए, ‘यातायात व्यवसायीको भाडा ‘लिस्ट’ नाटक हो। तपाईंको भाडा खलासीको ‘मूड’ र इमान्दारितामा भर पर्छ।‘
मेरो जिज्ञासाको उत्तर अझै आएको छैन। दु:खको कुरा के भने, कुनैदिन ‘जाबो आफू हिँड्ने रूटको भाडा थाहा नहुनेसँग के कुरा गर्नु’ भनेर फ्याट्ट भन्देलान् भन्ने ठूलो डर छ । कुनै दिन यातायात व्यवसायी संघ पुगियो वा कोही पदाधिकारी भेटेमा सोध्नु पर्ला।

गज्जब लेख्नु भएछ ! Nice reading
ReplyDeleteआफू त त्यसैपनि अलि महँगै गाडी चढ्ने मान्छे। १ डेढलाख पर्ने मोटरसाइकल चढ्न मन लाग्दैन। कारले तान्न सक्दैन। त्यसैले सार्वजनिक यातायात नै सबैभन्दा मन पर्ने साधन हो यात्रा गर्न। मेरो अनुभवमा त जसले काठमाडौंका सार्वजनिक यातायातमा यात्रा गरेन त्यसले काठमाडौं भित्र रहेको सिंगो देश देखेन। काठमाडौंमा बसेर देश र देशबासी हेर्नुछ भने सार्वजनिक यातायातमै यात्रा गर्नुपर्छ। कार, मोटरसाइकलमा हैन।
‘दाइ, यी हरेक बस, माइक्रोबस, टेम्पोहरूले किन मनपरी भाडा लिन्छन्?’ उनले हाँसेर जवाफ दिए, ‘यातायात व्यवसायीको भाडा ‘लिस्ट’ नाटक हो। तपाईंको भाडा खलासीको ‘मूड’ र इमान्दारितामा भर पर्छ।‘