‘खराब करेवालाको हुराठ परी’
‘सब बढिया लागत तो का कही’, मंगलबार दिउँसो अन्नपुर्ण पोस्टको कार्यालयमा काठमाडौं राम्रो मात्रै होइन, के राम्रो, कस्तो राम्रो लाग्यो भन्ने प्रश्न बारम्बार दोहोर्याएपछि ९० बर्षिय शारिरीक रूपमा कमजोर मास्टर नाउले भने।
तीनदाजुभाइ मध्ये जेठा मास्टर नाउको टाउकोभन्दा तलको भाग शारीरिक रूपमा कमजोर छ। उनका दुवै खुट्टा खुल्दैनन्, एकअर्कामा खप्टिएका छन् र खुम्चिएका छन्। तर दिमाग भने फराकिलो। त्यसैले त गाउँघरमा उनलाई सबैले ‘म्यानेजर’ नाम दिएका छन्। उनी घरको मुलढोकाको छेउमा खाटमा वा भुईंमा बस्थे। घरमा भएको अन्नको ढुकुटी, पैसा, गरगहना सबैमा ताला लाएर चाबी मास्टरलाई दिइन्थ्यो। घरको सबै सम्पतिको तालाचाबी राख्ने भएपछि घरकाले ‘म्यानेजर’ भन्न थाले अनि गाउँलेलेचाहिँ ‘म्यानेजर सा’ब’ ।
रूपन्देहीको विकट गाउँ मर्चबारका मास्टर नाउलाई शुरूमा देख्ने जोकोहीलाई पनि दयाभाव पलाउँछ। प्राय: सँधै लामो कमिज लगाउने मास्टर कुर्सीमा बस्दा कोही हाँस्छन् पनि। जब उनका हात र खुट्टा देखिन्छन् अनि सबैका मुखबाट निस्किन्छ, ‘उफ्फ, भगवानले पनि के के गर्छन्।‘ जब आँखामा चमक र ओठमा मुस्कानका साथ उनको कडा बोली निस्किन्छ, सबै दंग।
उनी कान कम सुन्छन्। त्यसैले उनको कानमै गएर ठूलो स्वरले सोध्नुपर्छ केही सोध्न मन लागे, त्यो पनि उनकै भाषा, अवधिमा। उनी नेपाली बुझ्दैनन्। कानमा लगाउने गरेको मेसिन बिग्रिएपछि उनले कान कम सुन्न थालेका हुन्। उनका आँखा पनि कमजोर भएपछि दुई बर्ष अघिमात्र उनका माइला भाइकी छोरी सेष मकस्म परीले भैरहवा ल्याएर आँखाको शल्यक्रिया गराइन्। शल्यक्रिया गरिदियो भैरहवाको निजी अस्पतालले नि:शुल्क रूपमा।
परीको भैरहवाको घरमा राखेपछि मास्टरलाई हेर्नेहरूको भीड नै लाग्यो। परी भन्छिन्, ‘यति धेरै मान्छेहरू जम्मा भएकी हामीले दुई घण्टासम्म त सटर लाएर बस्नुपर्यो।‘ मास्टरलाई हेर्न आउनेहरूले उनलाई भगवानकै अवतार माने। पैसा चढाए र खुट्टा छुँदै आशिर्वाद लिए। मर्चबारमा गाउँमा बिहे गरेर ल्याउने बित्तिकै नयाँ दुलहीलाई सबैभन्दा पहिला मास्टरको दर्शन गराइन्छ।
तीन चार चम्चा खानाले पुग्ने मास्टरको उचाइ जम्मा १४ ईञ्च छ अनि तौल १८ किलो। पत्रिकामा छापिएको आफ्नो फोटो हेर्दै गर्दा उनले खुट्टाको सहाराले पत्रिका समाएका थिए। पढ्नलेख्न नजानेका उनलाई आफ्नो बारेमा समाचार प्रकाशित भएको पनि थाहा थिएन। पत्रिकामा आफ्नो फोटो हेरेर दंग पर्दै उनले भने, ‘हाँ, हम देखले।‘
उनी हरेक दिन ननुहाइ खाना खाँदैनन्। बाल्टिनमा पानी भरेर राखिदिएपछि उनी आफैं नुहाउँछन्। खाना आफैं खान्छन्। उनलाई चिया औधि मन पर्छ। उनी दाह्री आफैं बनाउँछन्। फूलेर सेतै भएका दाह्री चिउँडोमा चट्ट मिलाएर काट्छन् उनी। सिसाको गिलासमा ल्याएको चिया प्लास्टिकको कपमा खन्याउन लाग्दा उनी हातले रोक्दै कड्किए, ‘यह नरम छे।‘
एकैठाउँमा बस्नभन्दा घुमफिर गर्न र मान्छेहरूसँग कुरा गरिरहन मन पराउने मास्टरसँग ह्विलचेयर थिएन। त्यसैले उनी घरबाट बाहिर निस्किने कुरै भएन। भतिजी शेषले जिल्ला प्रशासन कार्यालय, रूपन्देही लिएर गइन्, ह्वीलचेयर माग्न। तर प्रशासनले उनलाई ह्वीलचेयर दिएन। प्रशासन कार्यालयको बाहिर मास्टरलाई हेर्नेहरूको भीड लाग्यो। त्यहीं रहेका पोखराबाट प्रकाशित हुने हिमदूत दैनिकका पत्रकार प्रख्यात बन्जाडेले घटनाबारे जानकारी लिए। मास्टरलाई भतिजीले घर लगिन्।
जिल्ला प्रशासन कार्यालयमा भेटेको दुईमहिनापछि बन्जाडेको पहलमा गत शनिबार वेस्ट नेपाल डेभलपमेन्ट ट्रस्टका उपाध्यक्ष बेलसिंह थापाले ह्विलचेयर प्रदान गरे। पत्रकार बन्जाडेलाई लाग्यो, यी बृद्धलाई सार्वजनिक गर्नुपर्छ। सोमबार अन्नपुर्ण पोस्टमा समाचार प्रकाशित भयो ‘नब्बे बर्षिय अपांगको घडी बाँध्ने र काठमाडौं घुम्ने रहर’ शीर्षकमा।
यति एअरलाइन्सले मास्टरलाई काठमाडौं ल्याउने निर्णय गर्यो र बन्जाडेको फोन बजायो। मर्चबारबाट भैरहवासम्म मंगलबार बिहान मास्टरलाई मोटरसाइकलमा राखेर भतिजीसहित बन्जाडेले नै ल्याइपुर्याए। मंगलबारै यति एअरलाइन्सले भैरहवाबाट काठमाडौं ल्यायो, मास्टर नाउ, उनकी भतिजी शेष मकस्म परी र बन्जाडेसहित। एअरलाइन्सले उनीहरूलाई दुईदिनसम्म काठमाडौंमा बस्ने, खाने र घुम्ने व्यवस्था गरिदियो।
मास्टर मंगलबार अन्नपुर्ण पोस्टको कार्यालय, जामे मस्जिद, सिंहदरबार, धरहरा, नारायणहिटी संग्रहालय र बुढानिलकण्ठ घुमे। उनलाई यति एघरलाइन्सले फेरि भैरहवा पुर्यायो तर मेरो दिमागबाट मास्टर नाउ हटेका छैनन्।
शारीरिक रूपमा कमजोर मास्टरलाई आफू पनि अरूजस्तै स्वास्थ्य भएको भए खेतमा काम गर्थेँ, बजार जान्थेँ भन्ने लाग्छ। तपाईं अरूजस्तै स्वास्थ्य हुनुभएको भए के गर्नुहुन्थ्यो? भन्ने प्रश्नको जवाफमा मास्टरले भने, ‘आँहा सब आब हमका नहीं देख सकब।‘ अर्थात् म स्वस्थ्य भएको भए तिमीहरूले मलाई देख्नै पाउँदैन थिएनौ। म सायद खेतको काम गर्थेँ, बजार घुम्थेँ।
अन्नपुर्णकर्मीको मेरो घर जाउँ भन्ने अनुरोधलाई हाँसेरै अस्वीकार गर्दै गर्दा उनले थपे, ‘पहिले मेरो घर हिँड्नुस् अनि तपाईंको घर जान्छु।‘
काठमाडौंका घर, प्लेन चढ्दाको अनुभव र काठमाडौंको बारेमा सोध्दा उनले एउटै जवाफ दिए, ‘बढिया लागत।‘ नागरिकतामा ८२ बर्षमात्र उमेर उल्लेख भएका मास्टरलाई ‘देश के नेतालोग कैसे लागल’ भन्ने प्रश्न सोधेपछि फेरि पनि उनको मुहार फेरिएन। उस्तै उत्साह, उस्तै चमकका साथ भने, ‘बढिया लागत।‘ अनि एकछिन सबैको मुहारमा हेरेपछि फेरि बोले, ‘खराब करेवाला नेता लोगको हुराठ परी।‘ बोलीसँगै हातको इशाराले संकेत गर्दै उनले भनेका थिए, ‘जुन नेताले गलत गर्छ, लठ्ठीले पेल्नुपर्छ।‘
तस्बिर: यति एअरलाइन्स

Comments
Post a Comment