मेरो बुबा र म !!
आज बाबुको मुख हेर्ने दिन! अहिलेसम्म मैले मेरो बुबाको मुख तास खेल्ने बेलामा एउटै खालमा बसियो भने र फोटोमा बाहेक राम्रोसँग हेर्न सकेको छैन। कान्छा, एउटा सिर्कानो लिएर आ’त भन्नुहुन्थ्यो बुबाले। अनि म कस्ले आज दरो भेट्ने भो भनेर दंग पर्दै सिमलीको सिर्कानो खोज्न दौडिन्थेँ। जब सिर्कानो बुबालाई दिन्थेँ अनि मेरा पिँडुलाले दु:ख पाउँथे। पढ्ने कुरामा अल्छीको राजा म। सबै बाबुहरूलाई आफ्ना छोराछोरी अब्बल हुन् भन्ने लाग्छ, मेरो बुबालाई नि त्यही लाग्थ्यो। सायद त्यो सिर्कानोले मेरो पढाइ सुध्रेला भन्ने आश नि थियो होला बुबालाई।
राजविराजबाट फर्किँदा बुबाले जहिल्यै माछा किनेर लानुहुन्थ्यो अनि चकलेटहरू पनि। बुबा राजविराज जाने भन्ने सुनेपछि म गाउँभरी हल्ला पिट्दै हिँड्थेँ,- ‘मेरो बुबा राजविराज जानुहुन्छ रे बाबै। माछा र चकलेटको बोरा ल्याउनुहुन्छ रे।’ सबैजना खिन्न हुन्थे। न त हामी कसैलाई त्यो राजविराज भनेको के हो थाहा थियो न त चकलेट आउने ग्यारेन्टी नै हुन्थ्यो। अर्कोले भन्थ्यो,- ‘ईस्स्, तेरा बाउ राजविराज गए र के भो, मेरा बा आज हटिया जान्छन् र चकलेट ल्याउँछन्। तँलाई नदिई खान्छु।’ *मलाई बुबा राजविराज किन जानुहुन्थ्यो? बुबा के काम गर्नुहुन्थ्यो भन्ने थाहा थिएन। धेरै पछि, अझ भर्खरै मात्र भनौं होला, थाहा पाएँ।
तर सबैको अनुमान थियो हटियामा पाउने चकलेटभन्दा राजविराजको चकलेट मिठो र ठूलो हुन्छ। अनि त गाउँभरीको दादा हुन्थेँ म। मैले भनेको कसैले टेरेन भने धाक जमाउँथेँ,- ‘पख्, मेरो बुबाले ल्याएको चकलेट तँलाई नदिई एक्लै खान्छु।’ दौंतरीहरू मेरो सेवा गर्थे त्यसपछि। यता बुबा राजविराजबाट फर्केपछि चकलेट भन्दा पहिले वाचा कसम खानुपर्थ्यो, झगडा गर्दिनँ, राम्ररी पढ्छु भनेर। चकलेट पाइन्थ्यो एउटा। साथीहरूलाई गफ लगाइएको हुन्थ्यो। बोल्ने हिम्मत त थिएन। अनि नङ्ले माटो कोट्याएर घोसे मुन्टो लाएर बस्थेँ म। बुबाले अरू एकदुईवटा चकलेट थप्दिँदै भन्नुहुन्थ्यो,- ‘गाउँभरीकालाई किन बाँड्नु पर्यो।’ म भोलिपल्ट मसँग निहुँ खोज्नेहरूकै अगाडि गएर चकलेट खान्थेँ देखाउँदै।
एसएलसी पास नहुञ्जेल कुनै दिन सम्झना छैन मैले मेरो बुबासँग दोहोरो कुरा गरेको। बुबाले केही भन्दा घोसेमुन्टो लाएर सुनेर बस्थेँ। आफूले केही भन्नुपर्यो भने आमाको शरण। कहिलेकाहीं बुबासँगै कुरा गर्नुपर्यो भने पिशाब चुहिएला झैँ हुन्थ्यो बोलुञ्जेल, शीर त घुँडामा पुगेको हुन्थ्यो- राणाहरूका चाकरी गर्नेहरू झुकेजस्तै।
मेरो बुबालाई मेरो कति धेरै चिन्ता थियो भन्ने बुझ्न मैले एसएलसीसम्म पर्खिनुपर्यो। मेरो बुबा चाकरी गर्न नजान्ने मान्छे। मेरो स्कूलका कोही पनि शिक्षकले मेरो बुबालाई चिन्दैनथे। अनि मेरा काका गाविस अध्यक्ष। उहाँको प्रभाव थियो। काकाको छोरो र म सँगै एसएलसी दिने। अनि मेरो बुबा काकाको पछिपछि लुखुर लुखुर हिँड्नुहुन्थ्यो- तै, कतै केही भन्दिन्छ कि भाइले छोराको लागि भनेर। काकालाई आफ्नै छोराको चिन्ता थियो। मलिनो अनुहार लिएर बुबा परिक्षा केन्द्रको बाहिर बस्नुहुन्थ्यो। न त उहाँले मलाई राम्रोसँग परिक्षा दे भन्नुहुन्थ्यो न त म तँपाईं चिन्ता नगर्नु बुबा भन्न सक्थेँ। परिक्षा सकिएर बाहिर निस्किँदा मलाई काकाले सोध्नुहुन्थ्यो- ‘कस्तो गरिस् केटा?’ म टाउको हल्लाउँथेँ र भन्थेँ,- ‘राम्रो भो।’ अनि मेरो बुबा मलाई हेर्नुहुन्थ्यो चुपचाप, सायद मैले बोलेको बेला मेरो भावभङ्गीमा उहाँ सत्य र झूट खोज्नुहुन्थ्यो। एसएलसीको परिणाम आयो, म कृषिमा फेल भएँ। बुबाले मलाई एकैशब्द गाली गर्नुभएन। आफ्नो पिडा मनमै दबाएर राख्नुभयो। म मेरो लागि भन्दा बुबाको लागि पहिलोपटक चिन्तित भएँ जब आमाले भन्नुभयो,- ‘कान्छा, राम्रोसँग पढ्, आज बुबा तेरो कारणले रूनुभयो। भात पनि खानुभएन।’
मेरो बुबा र मेरो मध्यस्तकर्ता काका ठुलोबुबाका छोराहरू हुन्थे या त मेरा साथीहरू। बुबा उनीहरूसँग मेरो पढाइ, काम गराइका बारेमा सोध्नुहुन्थ्यो। अनि म बुबाले मेरो बारेमा के भन्नुभयो भनेर उनीहरूलाई सोध्थेँ। ‘हाम्रो कान्छो त रक्सी पनि खाँदो हो है, खालि मगर गाउँ मात्र जान्छ।’ बुबाले सबैलाई सोध्ने यही प्रश्न हुन्थ्यो। मेरा साथीहरू हाँस्थे, तेरा बाउले यसो भने भनेर। मेरो बुबालाई मैले केही गर्छु, पढेर पास गर्छु भन्ने विश्वासै थिएन। जब मैले +२ मा कलेज टप गरेँ त्यतिबेला पनि मेरो बुबाले भन्नुभयो रे,- ‘त्यस्ले पढेरै त के त्यति ल्याउँथो चोर्न पायो होला।’ काकाले,- ‘हैन कान्छो खतरा भएर निस्क्यो त हउ माल्दाइ’ भन्दा मेरो बुबा भन्नुहुन्थ्यो,- ‘ के गर्छ त्यसले? सिल्ली हुने भो।’ मैले अहिलेसम्म बुबाको विश्वास जित्न सकेजस्तो लाग्दैन। जबजब म घर जान्छु, बुबाले सोध्नुहुन्छ,- ‘कस्तो छ काम। खान पुर्याउँछस्? घरको बारेमा सोच्नु पर्दैन?’ म शिर निहुँराउँदै भन्छु,- ‘मैले के हेर्नुपर्छ घर, तपाईं हुनुहुन्छ त, दाजु छ। तपाईंहरू जे गर्नुस् मलाई मञ्जुर छ’ भन्दै चाँडो भाग्ने कोशिस गर्छु। जे जति कुरा गर्छु आमासँग मात्र।
*पछिल्लो समय बुबा आमा काठमाडौंमै बस्न थाल्नुभयो। सँगै बसेपनि सम्बन्ध उस्तै रह्यो बुबासँग। दुईजनाको दोहोरो कुराकानी कमै भयो तेस्रो व्यक्तिको अनुपस्थितिमा। आजकाल मलाई अनौठो लाग्न थालेको छ। बुबा महिना, दुई महिना, ६ महिनामा राजविराज जानुहुन्थ्यो। अझ हामी सानै हुँदा त कलकत्ता बस्नुहुन्थ्यो। हामी ठुला भयौं। बुबाले छोराहरुलाई सुख होस् भन्ने ठानेर विराटनगर बसाइँ सार्नुभयो, अझ भनौं- बुबा-आमा ओखलढुंगा बस्नुभयो र छोराछोरी विराटनगर। अनि बुबा-आमा विराटनगर आउनुभयो, हामी (दाजु, म र बहिनी) काठमाडौं बस्न थाल्यौं। अहिले बुबा-आमा काठमाडौं बस्न थाल्नुभयो, म भने देश बाहिर। सायद यसले पनि एककिसिमको दुरी सिर्जना गर्यो कि !
बिहान उठेर घरको फोन नम्बर थिच्दा पनि मनमा एककिसिमको डर भइरह्यो। बुबाले नै फोन रिसिभ गर्नुभयो भने के भन्ने होला? त्यस्तै भयो। मैले हेल्लो भन्न नपाउँदै बुबाले सोध्नुभयो,- ‘के छ खबर?’ मैले ठीकै छ मेरो, तपाईं सञ्चै हुनुहुन्छ? मात्र भन्न सकेँ। बुबाको जवाफ आउने बित्तिकै आमा कता जानुभयो त भनेर आमालाई खोजेँ। आज बाबुको मुख हेर्ने दिन पनि खुलेर बुबासँग बोल्न सकिनँ। आमासँग सामान्य कुरा गरेर फोन राखेँ। खाटको सिरानीमाथि भएको बुबाको फोटोमा एकपटक हेरेँ। मेरो बुबाप्रतिको सम्मान र उहाँले मेरालागि गर्नुभएको संघर्ष र त्याग अमूल्य छ मेरा लागि। त्यसको मूल्य चुकाउने म हिम्मत पनि गर्न सक्दिनँ, भगवानले उहाँसँग दोहोरो सम्वाद गर्नसक्ने हिम्मत दिए भने कम्तिमा म र मेरो बुबालाई केही राहत हुन्थ्यो होला !
* थपिएको

Comments
Post a Comment