Posts

बाटो छेउको घर: मुर्दाको डर, पीडाको घर

Image
शहरतिर झरेपछि थाहा भयो, बाटोको छेऊको घर घडेरीको भाउ कति धेरै हुन्छ। झन् घडेरीको तीनैतिर बाटो हुने हो भने त त्यो त सुनकै टुक्रा। बाँदर लड्ने ठाउँमा जन्मेको मजस्तोलाई भने यो तीनतिर बाटो र बीचमा घर हुँदा अनेक तनाव हुन्थे। रोडा ढुंगाले भरपुर बाटोमा कोही मान्छे चाँडोचाँडो हिँड्दा पनि ढुंगा बगेको आवाजले तर्साउँथ्यो। त्यसमाथि आफ्नो घरदेखि माथि कोही बित्यो भने आफ्नो घरकै बाटो मुर्दा घाटसम्म लगेको देखेपछि महिनौंसम्म डस्नाले दु:ख पाएको पीडा त कसले सम्झोस् ;) राती ढिला निदाइयो वा राती अचानक ब्युँझियो भने त गयो ओच्छ्यान। बिहान उठेर दाजु बैनी कसलाई दोष लाउने भनेर कथा बुन्दाको हैरान। बारीमा किरा कराए पनि भुत हुन्थ्यो।

मौनता

     

प्रिय, आऊ तुरुक्क आँशु चुहाऔं !

Image
यता, म टाउकामाथिको टहटह जून हेर्दा मानसपटलमा आउने तिम्रो आकृतिले बेचैन बनाउँछ मलाई र आत्तिन्छु म पढेर मेरो व्यथा झार्छौ आँशु तुरुक्क भनेर म थिच्दिनँ किबोर्डमा ईन्टर र लेख्दिनँ तिम्रो नाममा कविता। [caption id="attachment_579" align="alignleft" width="404"] फोटो स्रोत: भाइरलस्केप [/caption] उता, तिमी त्यही मेरो आकाशमाथि टहटहकिने जून हेरेर हरेक रात तड्पिन्छौ मलाइ भेट्ने चाहनामा जुनेली रातमा न्यानो अँगालोमा बेरिने चाहनामा छटपट छटपट गर्दै कटाउँछौ रात घटघट पिउँछ्यौ आँशुका भलहरु र लुकाउँछौ दुनियाँको आँखाबाट।। तर उता, पत्रकार र मिडिया खन्छन् बालुवा र निकाल्छन् आँशुको समुद्र ह्वालह्वाल आँखाबाट आउने आँशु बन्छ सत्य चाहिँदैन आँशुको वैधानिकता पनि किनकी आँशु आफै पीडाको द्योत्तक हो चाहिँदैन तथ्य यसलाई प्रमाणित गर्न पनि ।।। यसैपनि, विज्ञ मानिन्छ पत्रकार र, सत्य तथ्यको व्यापार मिडिया र, पर्दैन माग्नु माफी पनि आँशु गलतै भएपनि अनि अझ, आजकाल मिडियामा सत्य बिक्दैन बिक्छ त केबल आँशु र भावना तथ्य त आजकाल शेयर बजारमै सिमित छ त्यसैले, आऊ प्रिय अब तिमी पनि लेख तिम्रा आँशुका कविता ...

हात्माकथा-२: छुसी

Image
मैले अलि कठोर आवाजमा भनेँ, ‘सरकार, यो गलत हुन्छ। आवेशमा नआइबक्स्योस्। यो कदम राजदरबारको लागि महँगो पर्छ। यो १७ साल होइन, जनता धेरै बुझ्ने भइसके। राजतन्त्र संकटमा पार्ने काम नगरिबक्स्योस्।’ मैतिदेवीको प्रहरी विट बाहिर म आधा होश र आधा बेहोशीको अवस्थामा थिएँ। मैले आफूलाई सम्हाल्ने कोशिस गर्दै आँखा खोल्ने प्रयास गरेँ। वरिपरी अँध्यारै अँध्यारो थियो। केही देख्दै देखिनँ। आफूलाई नियाल्ने प्रयास गरेँ। सर्ट त लगाएको थिएँ तर बटन खुल्लै थिए। सर्ट आफैले गरेको बोमिटले हिल्लै थियो। अझ तल नियालेँ, एउटा खुट्टामा मोजा मात्र थियो। मैले आफूलाई उठाउने प्रयास गरेँ, तर सकिनँ, शरीर नै थरर काँम्प्यो। प्रहरी बिटतिर हेरेँ। खाली थियो। एकमनले सोचेँ, राम्रै भयो। कम्तीमा कसैले देखेन। संकटकालको बेला थियो। १० दिन पनि बितेको थिएन, त्यही बिटमा एकरात १२ बजे रक्सीले टिल्ल भएर साथीलाई रातोपुल पुर्‍याउन जाँदा त्यहाँका असईले ‘सर, हजुर यहीँबाट फर्किबक्स्योस्, अर्को सरलाई म पुर्‍याइदिन्छु, यसरी राति हिँड्नु खतरा छ’ भनेर मलाई घट्टेकुलो कोठासम्म पुर्‍याउन एकजना जवान खटाएका थिए। पुरानो घटना याद आउनेबित्तिकै मलाई रुन मन लाग्यो। ती...

अन्त्यहीन अन्त्य

Image
'म कति लाचार छु भने हजुरसँगको सम्बन्धका बारेमा आफैसँग बाहेक कसैसँग बताउन सक्दिनँ।' पुतलीसडकको क्याफे। २ बजे। क्याफे खाली खाली छ। काउन्टरमा एकजना बसेर क्याल्कुलेटरमा हिसाब गरिरहेका छन्। वेटरहरु खाली टेबल पुछ्दै, कहिले रुमाल यता मिलाउँदै, कहिले उता मिलाउँदै छन्। काउन्टरको ठ्याक्क अगाडि एकजोडी प्रेमी बसेका छन्। दुवैले आफ्ना एकोटा हातले गाला टेकाएका छन् अनि अर्को हात टेबलमुनी एकअर्काको हातमा छ। [caption id="attachment_556" align="alignright" width="392"] यो फोटो इन्टरनेटबाट लिइएको हो, सायद कुनै गेमको हो। यो व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएको हैन। अनि यो कथामा यो फोटो म्याच गर्छ जस्तो पनि लाग्दैन मलाई।[/caption] 'तिमी के खान्छौ?' ध्रुवले कुरालाई मोड्न खोज्छ। 'म केही खान्नँ, हजुर खाइस्यो, म हजुरलाई हेरेर बस्छु।' संचिता जवाफ दिन्छिन्, 'कतिदिन होला र मैले यसरी नजिकबाट हजुरलाई हेर्न पाउने।' 'म त जहिल्यै पनि तिम्रै आँखा अगाडि, तिम्रो अनुहारको ठ्याक्क अगाडि हुनेछु, सँधै।' ध्रुवले विश्वासको त्यान्द्रो तेर्साउन खोज्छ, 'य...

भूतका कथा

Image
जतिबेला बच्चा थिइयो त्यतिबेला केटाकेटी नै थिइयो जस्तो लाग्छ के अहिले सम्झिँदा। खासमा म बच्चामा कस्तो थिएँ भनेर मलाई कसैले सोधे भने मसँग जवाफै हुन्नँ। अहँ, मलाई पटक्कै थाहा छैन म जन्मिँदा कस्तो थिएँ। बोल्न कसरी सुरु गरेँ, जन्मिँदा कसरी रोएँ, पहिलो शब्द के बोलेँ? दाँत आउने बेला गीजा दुखेर रोएँ कि रोइनँ? रोएको भए कसरी रोएँ? केही याद छैन मलाई। बडा काइदाको बात यो छ कि बच्चाबेलाको कुनै फोटो पनि छैन। आनन्द छ बरीलै। तर जतिबेलादेखिका कुरा सम्झिन्छु त्यतिबेलादेखि 'भूत'का कुरा खुब सुन्थेँ। यति सुनिन्थ्यो कि भूतका कुरा त, भनि साध्य छैन। 'भात खाइनस् भने भूत आउँछ', 'पढेर बस, नपढनेलाई भूतले लान्छ,' 'ज्ञानी बन्नुपर्छ नत्र भूतले लान्छ,' यीनै हुन् बच्चामा धेरै सुनिएका धम्की। दिमागका भूतले यस्तो नराम्रोसँग डेरा जमाएको थियो कि गाउँमा कोही मर्ने बित्तिकै अब त्यसको भूत आउँछ भनेर महिनौं डर लाग्थ्यो। आफ्नो त घर फेरि चारैतिर बाटोको बीचमा। घरदेखि माथिको गाउँका मान्छे जति मर्थे सबैलाई घाट लाने बाटो त्यही घर वरिपरीको। अनि त राति पिशाव लागेपनि बरु ओछ्यानमै छोड्दिने तर नउठ्ने हो। अनि...

मलाई माफ गर, तिम्रो माया मार्नै सकिनँ

Image
आँखाले देखेसम्म हेरेँ घरको छतमा बसेर- चन्द्रमा आफ्नै प्रकाशमा चम्किरहेको थियो। घामले बिदा लिएपछि आजकाल चन्द्रमा प्रकाश छर्न आइपुग्छ। गोधुली भर्खरै मात्र बितेको थियो, सायद त्यसैले चन्द्रमाको छेउमा एउटा मात्र तारा देखिएको थियो। आफ्नो चमक बढाउँदै लगेको चन्द्रमा र छेउमा देखिएको सानो तारा देखेर सोचेँ- चन्द्रमा तिमी हौ, जो फक्रिँदै गइरहेकी छौ अनि छेउको सानो तारा म- न त तिमीबाट टाढा हराउन सकेको छु न त तिमीसँगै बिलिन हुन। यसअघि आकाश हेरेर, आकाशमा देखेको तारा वा जून देखेर आफू हराएको थाहा छैन। अनि यसअघि तिम्रा बारेमा यति गहिरिएर सोचेको थिइनँ। किन किन मलाई जूनसँगै बरालिन मन लागिरहेको थियो- सायद त्यसले तिमीसँगै रहेको अनुभूति दिन्थ्यो मलाई। आकाशबाट तल हेरेँ परसम्म, शहरमा भर्खर बत्ती बल्दै थियो अनि कतै टाढा बलेका ती बत्तीहरु पनि मलाई ताराहरु जस्तै लागिरहेको थियो। आकाशका जून तारा र शहरका घरहरुमा धिपधिपाइरहेका ती बत्तीहरुले मलाई तिमीसम्म डोहोर्‍याइरहेका थिए। तिमीले मेरा बारेमा केही मीठा कुरा भन्नु न भन्दा पनि मैले अहिलेसम्म मीठा कुरा भन्न सकेको छैन, बरु जवाफमा सँधै ‘जेरी, लालमोहन’ भन्दै टारेको छु। तिम...